Comments Add Comment

बसले किचेर बृद्धाको मृत्यु

२७ असार, वीरगञ्ज । पर्सामा बसले किचेर एक बृद्धाको मृत्यु भएको छ ।

बाराको दहियार-४ बस्ने ६२ वर्षीया फूलमाया तेलिन भक्तिनलाई आफू चढेको बसको पछाडिको चक्काले कुल्चिँदा वीरगन्जको बसपार्कमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

कलैयाबाट वीरगन्ज आइरहेको ना ३ ख ३१०० नम्बरको बसबाट झर्ने बित्तिकै सोही बसले पछाडिको चक्काले कुल्चिएर फूलमायाको बिहीवार मृत्यु भएको हो । बस तथा चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

मृतक फूलमायाका तीन जना छोरा धनगढीमा वर्षौर्ँंदेखि बस्दै आइरहेकाले छोरासँग भेट्न वीरगन्जको बाटो भएर उनी धनगढी जान लागेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment