Comments Add Comment

बिपासाको सुटुक्क इंगेजमेन्ट ?

bipasha-and-harmanबलिउड नायिका बिपासा बसुले आफ्ना प्रेमी हर्मन बावेजासँग इंगेजमेन्ट गरेकी छिन् ।

लामो समयदेखिका पार्टनर जोन अब्राहमसँगको ब्रेकअपपछि बिपासको सम्बन्ध नायक हर्मनसँग जोडिएको थियो ।

सन् २०१२ मा पहिलोपटक सार्वजनिक कार्यक्रममा सँगै देखिएको यो जोडीले त्यसयता आफुहरु प्रेममा डुबिरहेको जनाऊ दिँदै आएका छन् ।

पारिवारिक स्रोतको हवाला दिँदै जुम टीभीले जनाएअनुसार उनीहरुले गत सातामात्र इंगेजमेन्ट गरेका छन् । दुवैतर्फका परिवारका नजिकका सदस्यमात्र उपस्थीत कार्यक्रममा बिपासाकी साथी एवं नायिका सिल्पा सेट्टी र उनका पति राज कुन्द्रा पनि थिए । तर, शिल्पाले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरिन् ।

केही महिनाअघि दुवैका अभिभावकले भेटेका थिए । ३३ बर्षिय हर्मन र ३५ बर्षिया बिपासा आफ्नो सम्बन्धप्रति निकै गम्भीर रहेको पाएपछि अभिभावकले बिबाहको प्रकृया अगाडी बढाएका थिए ।

इंगेजमेन्टपछि उनीहरु सँगै बस्न थालेको र यसै बर्षको अन्तिमसम्ममा औपचारिकरुपमा बिबाह गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment