Comments Add Comment

जर्मन डिफेण्डर भन्छन्-मेस्सीलाई एक्लै रोक्न सकिन्न

Howedes

जर्मन डिफेण्डर बेनेडिक्ट होविडसले सामूहिक प्रयासले मात्र अर्जेन्टिनी स्टार लिओनल मेस्सीलाई रोक्न सक्ने बताएका छन् ।

विश्वकपको फाइनलमा सोमबार विहान १२:४५ बजे जर्मनी र अर्जेन्टिना माराकानामा भिड्दैछन् । समूह चरणमा चार गोल गरेका मेस्सीले नकआउट चरणमा गोल गर्न सकेको छैनन् । तर, १९९० पछि पहिलो पटक अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउन मेस्सीले नै महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

जर्मनीका डिफेण्डर होविडसले टिम इफोर्ट लगाउन सक्ने हो भने मेस्सी जस्ता उत्कृष्ट खेलाडीहरुलाई पनि कठिन हुने बताए । ‘मेस्सी उत्कृष्ट फुटबलर मध्ये एक हुन् । तर रोनाल्डो पनि थिए’ समूह चरणमा पोर्चुगललार्इ हराएकोतर्फ संकेत गर्दै उनले भनेका छन्-‘हामी एक्लैले उनलाई रोक्न सक्दैनौं, त्यसलै समूहगत प्रयास चाहिन्छ ।’

विश्वकपको आफ्नो पहिलो खेलमा जर्मनीले रोनाल्डोको टोली पोर्चुगललाई ४-० ले पराजित गरेको थियो । तर, उसका तीन गोल पोर्चुगलका डिफेण्डर पेपेले रातो कार्ड पाएपछि मात्र सम्भव भएको थियो ।

अर्जेन्टिनी प्रशिक्षक सोबेलाले फाइनलमा जर्मनी दावेदार भएको बताउँछन् । फाइनलमा पुग्दा आफ्नो केही खेलाडी थाकेको भन्दै उनले जर्मनले एक दिन बढी आराम पाएको बताए । जर्मनीले अधिकांश खेलको निर्णय ४५ मिनेटमा नै गर्ने गरेको तर, अर्जेन्टिनाले अन्तिममा जित हात पार्दै फाइनलमा पुगेको उनले बताए ।

पछिल्लो पटक जर्मनी र अर्जेन्टिना १९९० को फाइनलमा भिडेका थिए । डिएगो म्याराडोनाको अर्जेन्टिनालाई हराउँदै जर्मनीले उपाधि उचालेको थियो, जुन खेलमा अर्जेन्टिना १० खेलाडीमा सिमित भएको थियो । पेड्रो मोन्जोन विश्वकपको फाइनलमा रातो कार्ड खाने पहिलो फुटबलर बनेका थिए ।

त्यसको चार वर्ष पहिले जर्मनीलाई नै हराउँदै म्याराडोनाले नै अर्जेन्टिनालार्इ विश्व च्याम्पियन बनाएका थिए । क्वाटरफाइनलमा इङ्ल्याण्डविरुद्ध अर्जेन्टिनाका म्याराडोनाले हातले गोल गरेका थिए, जसलाई हृयाण्ड अफ गड भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment