Comments Add Comment

वर्ल्डकप हेर्न जाने चार बिजेतालाई हुन्डार्इकाे विदाई

Hyundai-WorldCup
२७ असार, काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ब्राजिलमा अायाेजित विश्वकपको फाइनल खेल हेर्न जाने चार जना बिजेतालाई विदाई गरेको छ । वर्ल्डकपको मूख्य प्रायोजकका रुपमा रहेको हुन्डाई मोटर्सले ‘हुन्डाई जर्नी टु ब्राजिल-२०१४’ नामक योजना ग्राहकमाझ ल्याएको थियो ।

लक्की ड्र मार्फत गरिएको छनौटमा दमकका मोहन कुमार उप्रेती, विरगञ्जका राज नारायण शाह, नारायणगढका रामचन्द्र भण्डारी/महेन्द्र  भण्डारी, काठमाडौंको देवकी ओभरसीज चयन भएका थिए ।  विजेताहरुले वर्ल्डकपको फाइनले खेल प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

वीरगञ्जका राज नारायण शाह मने कार्य व्यस्तताका कारण उक्त फाइनल खेल हेर्न नजाने भएका छन् । विजेताहरुको खाने, बस्ने, आउने, जाने र फाइनल खेल हेर्ने टिकट खर्च कम्पनीले बेहोर्ने जनाएको छ ।

हुन्डाई मोटर्स सन् २००२ देखि २०२२ सम्म फिफा वर्ल्डकपको प्रमुख प्रयोजकका रुपमा फिफासँग् आवद्ध रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक प्रबन्धक रुपेश शर्मा भट्टका अनुसार यो योजना नेपालमा पनि विश्वकपको अनुभव साटासाट तथा प्रचार गर्ने उद्देश्यका साथ ल्याइएको हो । यस योजनामा प्रत्येक हुन्डाई गाडीको खरिदमा ५ लाख रुपैयाँसम्म नगद पाइनुका साथै ५५ इन्चसम्मको सामसुङ एलइडी टिभी उपहार स्वरुप प्रदान गरिएको थियो ।

विश्वव्यापी रुपमा हुन्डाई मोटर्सले विभिन्न कार्यक्रमहरु अयोजना गरी विश्वकप सम्बन्धी अनुभव साटासाट तथा प्रचार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment