Comments Add Comment

एमालेका दुबै प्यानलमा ‘वास्तविक युवा’को खडेरी

२७ असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा गरिरहेका दुबै समूहले युवापुस्तामा नेतृत्व हस्तान्तरणलाई आकर्षक नारा बनाएका छन् । तर, नेतृत्वका लागि दुबै समूहले सार्वजनिक गरेका प्यानलका उम्मेदवारहरुको अनुहार हेर्दा अधिकांश वास्तविक युवा छैनन् ।

युवासम्बन्धी संयुक्त राष्ट्रसंघको परिभाषा र नेपालको राष्ट्रिय युवा नीतिले ४० वर्षसम्म उमेर समूहका व्यक्तिलाई वास्तविक युवा भनेको छ । तर, नेपाली राजनीतिमा भने नेतृत्वको अवसर नपाउञ्जेल त्यो व्यक्ति युवा नै भनिने प्रचलन छ । तर, एमालेका दुबै प्यानलमा ४० वर्ष उमेर समूहका उम्मेद्वारको सिला खोज्नुपर्ने अवस्था छ ।

नेपाल पक्षबाट को-को ?

दुबै प्यानलबाट उम्मेदवारमध्ये सबैभन्दा कम उमेरकी रचना खड्का देखिएकी छन् । २९ वर्षीया खड्का नेपाल प्यानलबाट महिलातर्फको बैकल्पिक केन्द्रीय सदस्यको उम्मेदवार हुन् । त्यस्तै नेपाल प्यानलबाटै ३७ वर्षीया रामकुमारी झाँक्री र ३९ वर्षीय यज्ञराज सुनुवार पनि ४० वर्ष नकटेका उम्मेदवार हुन् ।
झाँक्री महिला र सुनुवार जनजाति कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार हुन् । नेपाल समूहबाट केन्द्रीय सदस्यका उम्मेवार निरज आचार्य र शोभियत ढकाल पनि ४० वर्ष उमेर समूहका उम्मेदवार हुन् ।ramkumari,-yagya-and-rachan

ओलीका युवा

ओली प्यानलबाट ४० वर्ष मुनिका उम्मेदवार बनेका छन् ३९ वर्षीय सूर्य थापा, ३६ वर्षीय माधव ढुंगेल र ३८ वर्षीय गोकुल घर्ती । प्रचार विभाग सचिवसमेत रहेका थापा खुल्लातर्फ केन्द्रीय सदस्यका उम्मेदवार हुन् । ढुंगेल खुल्लातर्फको बैकल्पिक केन्द्रीय सदस्य हुन् भने घर्ती जनजातिबाट केन्द्रीय सदस्यका उम्मेदवार हुन् ।surya,-mahesh,-niru-and-mad

४० वर्षमुनिको समूहबाट उम्मेदवार बन्नेमा ओली पक्षबाटै केन्द्रीय सदस्यका उम्मेदवार ३८ वर्षीय महेश बस्नेत र ३९ वर्षीया निरु पाल पनि परेका छन् । नेपाल पक्षबाट अन्तिम समयमा नाम काटिएका ३९ वर्षीय हिरा केसीले स्वतन्त्र केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment