Comments Add Comment

ताण्डवले तहल्का मच्चाउने अासा

namrata lahure and bibek

बजारमा चलचित्र ‘ताण्डव’को चर्चा जसरी आकाशिदै छ, नायिका नम्रता श्रेष्ठ र यसका मुख्य कलाकार आशिष राना ‘लाहुरे’को प्रेम चर्चा पनि चुलिएको छ । श्रोत त भन्छ,–दुई कलाकारको विचमा अहिले केही मनमुटाव छ ।

लामो समयपछि लाहुरे र नम्रता बिहिबार आयोजना भएको ‘ताण्डव’को पत्रकार सम्मेलनमा बोलेका थिए । अहिले दुई कलाकार विपरित ध्रुवमा देखिएका छन् । तर पत्रकार सम्मेलनमा भने लाहुरे र नम्रता निक्कै खुलेका थिए ।

मोहन डोटेलको निर्माणमा वेलायती निर्देशक मुर्रे केरले ‘ताण्डव’लाई निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रम केही भिन्न तबरले गरियो । यो कार्यक्रमको प्रत्यक्ष प्रशारण नेपालका चर्चित अनलाइनहरुबाट गरिएको थियो । कुनै पनि सिनेमाको अनलाइन लाइभ गरिएको यो पहिलो पटक हो ।

चलचित्रले ड्रक्स र डनको कथा बोल्छ । तौलिहवा, काठमाण्डौ लगायतका क्षेत्रमा सिनेमाको छायांकन गरिएको छ । भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको केही देशमा ट्रेलर सार्वजनिक हुनु अगावै प्रदर्शन अधिकार विक्री गरिएको छ । यो कार्यक्रमको प्रत्यक्ष प्रशारण अनलाइनखबरले पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment