Comments Add Comment

पूर्वराज्यमन्त्री जितु गौतम उम्मेद्वार बन्न वञ्चित

२७ असार, काठमाडौं । नेकपा एमालेका निवर्तमान केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री जितु गौतम कार्यकर्तामाथि ठगी गरेको आरोप लागेपछि महाधिवेशनमा उम्मेद्वार बन्नबाट वञ्चित भएका छन् ।Jitu-gautam

झापाको पृथ्वीनगर घर भएका गौतमले पत्नी तुलसा गौतम दाससँग मिलेर आफ्नै गृहजिल्लाका कार्यकर्तालाई अमेरिका पठाइदिने भन्दै १८ लाखभन्दा बढी रकम ठगी गरेको आरोप लागेपछि उनले उम्मेद्वार बन्न नपाएका हुन् ।

 दलित मुक्ति मोर्चाका प्रमुख समेत रहेका गौतम केपी ओली समूहमा थिए । महाधिवशेनको विधान पारित हुने बेलामा दलितलाई कोटा नछुट्याइएको भन्दै बन्दसत्रभित्रै आन्दोलनको अगुवाइ गरेका गौतम आफैंले भने केन्द्रीय सदस्यको उम्मेद्वार हुन पाएनन् ।

ओलीको प्यानलमा परिसकेका उनलाई हटाएर बोमबहादुर कार्कीलाई उम्मेद्वार बनाइएको छ । गौतमबाट पीडित झापाका एमाले कार्यकर्ताको पीडा अनलाइनखबरले प्रकाशित गरेपछि गौतमको राजनीतिमा धक्का लागेको हो । गौतममाथि कार्यकर्ताबाटै गम्भीर प्रकारको आरोप लागेका कारण उनलाई उम्मेद्वार नबनाइएको केपी ओली पक्षका एक नेताले अनलाइनखबरलाई बताए ।

गौतमको कार्यबारे मिडियामा समाचार आएकाले उनको नाम हटाएर बोमबहादुरलाई उम्मेद्वार बनाइएको ती नेताले बताए । गौतमको करतुतबारे अनलाइनखबरमा प्रकाशित सामाग्री यस्तो थियो-

कामरेड जितु गौतमबाट यसरी ठगिएँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment