Comments Add Comment

एपेक्स सञ्चालक समितिलार्इ मर्जर वा एक्वीजीसनमा जाने अधिकार

२७ असार, काठमाडौं । एपेक्स डेभलपमेन्ट बैंकको १२औं वाषिर्क साधारण सभाले मर्जरमा जाने वा स्वदेशी/विदेशी रणनीतिक साझेदार भित्राउने वा कुनै पनि बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने/गराउने कार्य आगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।

एपेक्सको यो साधरणसभा रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक, अपी फाइनान्स गभिएपश्चातको पहिलो हो । सभाले आगामी चार बर्षका लागि संचालक समितिको निर्वाचन समेत गरेको छ । बैंकको नयाा सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट क्षेत्र बहादुर थापा, चन्द्र लाल जोशी, विष्णु प्रसाद धिताल, धु्रवराज तिवारी, प्रा.डा. बेदनाथ शर्मा पौडेल रहेका छन् ।

त्यसैगरि, संस्थागत शेयरधनी नागरिक लगानी कोषबाट छवि रमण अधिकारी तथा सर्वसाधारण शेयरधनीका तर्फबाट लोकेन्द्रमान कर्माचार्य र सुवर्ण राजभण्डारी निर्वाचित भएका छन् । संचालक समितिको अध्यक्षमा चन्द्र लाल जोशी सर्वसम्मत चयन भएका छन् ।

मर्जरपश्चात बैंकले आफ्नो केन्दि्रय कार्यालय हाक्तिसारमा स्थानन्तरण गरेको छ भने शाखा विस्तार योजना अन्तर्गत इटहरी, वीरगंज,बुटवल र दैलेखमा थप ४ शाखा विस्तार गरेको छ । हाल बैकका देशका विभिन्न स्थानमा २० वटा शाखा कार्यालयहरु रहेका छन् ।

बैंकले आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न इ-बैकिङ्ग, मोवाइल बैंकिङ्गजस्ता अत्याधुनीक सेवाहरु प्रदान गर्दै आएको छ । हाल यस बैंकको निक्षेप परिचालन करीब ४ अर्ब ६५ करोड र कर्जा ४ अर्ब रुपैयाा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment