Comments Add Comment

गोपाल किराती किन लागे केपी ओलीको पक्षमा ?

२७ असार, काठमाडौं । एमाओवादीका नेता गोपाल किरातीले संविधानसभा चुनावमा झापा-७ बाट आफूलाई हराउने केपी शर्मा ओलीले एमालेको अध्यक्षमा जित्नुपर्ने बताउनुको भित्री रहस्य पत्तो लागेको छ ।

Gopal_Kirati‘तपाईले अध्यक्षमा केपी ओलीले नै जित्नुपर्छ भनेको सुनियो, यसरी एकाएक ओलीको पक्षमा खुलेर लाग्नुको कारण के हो ?’ अनलाइनखबरको प्रश्नमा किरातीले भने- ‘केपी ओलीले जिते भने एमालेको भाँडो घोप्टिन्छ, त्यही भएर मैले ओलीलाई समर्थन गरेको हुँ ।’

‘म झापामा पुगेको थिएँ, पत्रकार साथीले फोनमा सोध्नुभयो, एमालेमा कसले जितोस् भन्ने ठान्नुहुन्छ ? मैले भनें, खड्ग ओलीले जित्नुपर्छ, उहाँलाई शुभकामना छ,’ किरातीले पृष्ठभूमि खुलाउँदै भने- ‘संविधानसभाको चुनावमा हामी प्रतिस्पर्धी थियौं, तर अहिले त उहाँहरुको पार्टीको मात्रै चुनाव हो । प्रतिस्पर्धीले जितोस् भनेर किन्न भन्नुभयो भनेर पनि पत्रकारबाट मलाई सोधिएको थियो । मैले भनेको थिएँ कि एउटा झापाको बासिन्दा हुनुको नाताले पनि मैले ओलीलाई शुभकामना गर्छु ।’

केपी ओलीले जित्नुपर्ने कारणबारे किरातीले थपे- ‘अर्कोचाहिँ उहाँले चुनावका बेला म प्रधानमन्त्री हुन्छु, पार्टी अध्यक्ष हुन्छु भन्नुभएको थियो । त्यसकारण उहाँको भनाइ पूरा होस् भन्ने मेरो शुभकामना हो । त्यसो भयो भने झापा ७ नम्बरकै प्रगति हुन्छ भन्ने ठान्छु मैले भनेको थिएँ ।’

गुह्य कुरो अर्कै

केपी ओलीले नै जित्नुपर्छ भन्नुका पछाडि योबाहेक अर्को कुनै गुह्य रहस्य पो छ कि ? अनलाइनखबरको अर्को प्रश्नमा किरातीले भने-‘ हो । योभन्दा मुख्य कुराचाहिँ उहाँहरुको महाधिवेशन सकिँदैछ, अब चाहिँ भन्दिँदा हन्छ, केपी ओली नेकपा एमालेको अध्यक्ष बन्नुभयो भनेदेखि एमालेको भाँडो घोप्टिन्छ भनेर मैले केपीले जिते हुन्छ भनेको हुँ ।’

‘ओलीले जित्दा कसरी घोप्टिन्छ भाँडो ?’ अर्को प्रश्नमा उनले भने- ‘केपी शर्मा ओली एमालेको अध्यक्ष बन्नुभयो भने त्यसको निम्ति पनि गोपाल किरातीको शुभकामना हो कि उहाँको जो छुद्र चरित्र छ, त्यसका साथै स्वास्थ्यको अशक्तताको कारणले पनि एमालेको भाँडो घोप्टिन्छ । ओलीको सेट नै, प्यानल नै आयो भने केपीले पार्टी सञ्चालन गर्न सक्नुहुन्न र नसक्ने भइसकेपछि वामदेव गौतमले चलाउनुपर्छ । उहाँले चलाउन खोज्नुहुनेछ । वामदेव गौतमले चलाएर एमाले चल्दैन । त्यसकारण मैले ओलीलाई समर्थन गरेको हुँ ।’

अन्य नेताको रोजाइ पनि ओली नै

ओलीले जित्नुपर्छ भन्ने तपाईको भनाइ आएपछि सिंगै एमाओवादी पार्टीको चाहनासमेत ओलीले जितुन् भन्ने रहेको अनुमान लगाउँदा हुन्छ ? अनलाइनखबरको प्रश्नमा किरातीले भने- ‘मैले बढी बोलें कि भन्ने लागेको थियो । पछि सिनियर नेताहरुसँग कुरो गर्दा एकजना सिनियर नेताले के भन्नुभयो भने मेरो पनि धारणा त्यही छ । उहाँले मैले पनि केपी ओली हुँदा राम्रो हुन्छ भनेको छु भन्नुभयो । त्यसैले मैले ठिकै भनिएछ भनेर सहज महसुस गरें ।’

नौ हजार शब्दको कार्यपत्र

यसैवीच आगामी भदौ ११ देखि १३ सम्म राजधानीमा हुने एमाओवादीको संघीयता सम्बन्धी कार्यशालामा प्रस्तुत गर्नका लागि किरातीले नौ हजार शब्दको कार्यपत्र लेखेर स्थायी समिति सदस्यलाई बाँडेका छन् ।

एमाओवादीको ‘संघीय कार्यशाला’ बारे किरातीसँग गरिएको कुराकानी यहाँ पढ्नुहोस्- 

खुलेआम जातीय नारा नलगाउँदा साइँलाले चुनाव हार्‍यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment