Comments Add Comment

सहायक जिल्ला न्ययाधीवक्ता थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक जिल्ला न्ययाधीवक्ता रामबहादुर थापा र नायब सुब्बा केदारप्रसाद अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

चोरीको मुद्दामा पक्राउ परी महानगरी प्रहरी परिसर हनुमानढोकामा थुनामा रहेका थुनुवाको मुद्दा मिलाइदिन्छु भनी २५ हजार घुस लिएको रकमसहित थापा र अर्याललाई अख्तियारको टोलीले पक्राउ परेको थियो । अभियोगपत्रमा भ्रष्टाचारभ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० तथा ३९१० ९क० बमोजिम हदैसम्म सजायको मागदाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment