Comments Add Comment

विमानस्थलका डीआइजी हेडक्वार्टरमा तानिए

२७ असार, काठमाडौं । एआइजी बढुवा सिफारिसमा नपरेका प्रहरी नायव महानिरीक्षक (डीआइजी) यादव अधिकारी अचानक सरुवामा परेका छन् ।

yadav-adhikaryत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख रहेका डीआइजी अधिकारीलाई त्यहाँबाट प्रहरी प्रधान कार्यालयको सुरक्षा निर्देशनालयमा तानिएको हो ।

विमानस्थलमा डीआइजी अधिकारीका ठाउँमा उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिजयलाल कायस्थलाई निमित्त दिएर पठाइएको छ । विमानस्थल सुरक्षा प्रमुख डीआइजी हुने गरे पनि एसएसपी कायस्थलाई निमित्त दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

कार्य सम्पादन मूल्यांकनमा राम्रो नम्बर भए पनि उनी गृहसचिव नेतृत्वको आइजीपी सम्मिलित सिफारिस समितिबाट एआइजी बढुवाका लागि सिफारिसमा परेका थिएनन् । सिफारिसमा नपरेपछि उनले पुनरावलोकन समितिमा उजुरी दिएका थिए ।

पुनरावलोकन समितिले पनि अन्य दुई डीआइजी गणेश राई र नारायण बस्ताकोटीको नाम थपेर गृहमन्त्रालयमा पठाए पनि उनीहरुभन्दा बढी नम्बर पाएका भनिएका अधिकारीको नाम भने समावेश गरेको थिएन । दुबैतिरबाट अन्यायमा परेँ भन्दै आएका अधिकारीलाई गृहमन्त्री बामदेव गौतम एमाले महाधिवेशनमा व्यस्त रहेकै बेला रहस्यमय रुपमा अचानक एयरपोर्टबाट हेडक्वार्टर तानिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment