Comments Add Comment

छोटो स्कर्टले नीतालाई छोप्न सकस

nita-dhunganaसमाचार मेकिङको तरिका नेपाली कलाकारले पनि वुझ्न थालेका छन् । मिडियामा कसरी धेरै भन्दा धेरै चर्चा पाइन्छ भन्ने उनीहरुलाई थाहा छ । साउन १६ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘भूल भूलैया’ले आज पत्रकार सम्मेलन गरी सिनेमाको बारेमा जानकारी दिएको छ ।

चलचित्रको पत्रकार सम्मेलन निक्कै रोचक रह्यो । नायिका नीता ढुंगाना कार्यक्रमको विशेष आकर्षणमा रहन पुगिन् । केही ढिलो आएकी नीता छोटो पहिरनले सुरुमै क्यामेराको नजरमा परेकी थिइन् । तर जब कार्यक्रमको बिचमा चलचित्रको एक गीत बज्यो, नीता जुरुक्क उठिन् र स्टेजमा गएर नाच्न थालिन् । चलचित्रका नायक स्वेहित मानन्धरले उनलाई साथ दिए । नायक जीवन लुइटेल भने अर्को एक सिनेमाका कारण पत्रकार सम्मेलनमा देखिएनन् ।

नीताको नृत्य मिडियाका लागि विशेष रह्यो । सायद नीताले पनि न्यूज मेकिङलाई राम्रैसँग बुझेको हुनुपर्छ । यो चलचित्रमा डीजिटल प्रविधिको उच्चतम प्रयोग गरिने भनिएको छ । निर्देशक योगेश घिमिरेले कार्यक्रममा भने,-‘नेपाली चलचित्रमा छायांकन र देखाउन मात्र डीजिटलको प्रंयोग भयो । तर ‘भूल भुलैया’ले केही एनिमेशनका दृश्यलाई आकर्षक तबरले देखाउनेछ ।’

नायिका नीता ढुंगानाले चलचित्रमा आफ्नो भूमिका विशेष रहेको बताइन् । उनले ‘भूल भुलैया’ आफ्नो जीवनकै विशेष चलचित्र हुने जानकारी दिइन् ।

प्रेमात्मक यो चलचित्रमा दिनेश कुमार पोखरेलको प्रस्तुती, सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहाल निर्माता छन् । निरज ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन, बनिष शाहको सम्पादन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, राजेन्द्र थापा र स्वप्निल बरालको गीत, बसन्त सापकोटाको संगीत छ । चलचित्रका ३ गीतमा प्रल्हाद तिमिल्सिना, दुर्गा परियार र निर्जला पराजुलीको स्वर छ ।

चलचित्र विकास आचार्यको सल्लाहामा तयार हुनेछ । नायिका नीता ढुंगाना र स्वेहित मानन्धरको यो भिडियो हेर्नुहोस् ।

bhulbhulaiya-pressmeet nita-dance

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment