Comments Add Comment

हाम्रो खानपान कब्जा गरेका छन् विश्वका दश कम्पनीले

Brandsविश्वका मानिसहरुले आफ्नो दैनिक जिवनयापनका लागि खाने खानेकुराहरुमाथि सिमित बहुराष्ट्रिय कम्पनीहरुको आधिपत्य रहेको छ । हामीले जे खान्छौँ त्यसमाथि उनै कम्पनीले कब्जा गरेका छन् । कम्पनीले जे जस्तो दिन्छन् हामीले त्यहीँ खानुपर्छ ।

अक्सफाम इन्टरनेसनलले एउटा ग्राफिक्स तयार पारेको छ जसले विश्वका १० मुट्ठीभरका कम्पनीहरुले हाम्रो किनमेल र खानपानमा कसरी कब्जा जमाइरहेका छन् भन्ने प्रष्ट हुन्छ ।

ग्राफिक्समा विश्वका दश प्रमुख तथा शक्तिशाली पेय तथा खाद्य कम्पनीहरुलाई उल्लेख गरिएको छ । त्यसमा कोका कोला, पेप्सीको, युनीलिभर, ड्यानोन, मार्स, मेान्डेलेज, केलोग्स, जेनेरल मिल्स, नेस्टले तथा एसोसिएटेड बि्रटिस फुड्स जस्ता कम्पनी रहेका छन् ।

अक्समाफले यी कम्पनीहरुलाई ‘विग १०’ नाम दिएको छ । साथै ती कम्पनीहरुले गरेको प्रदुषण र त्यसको वातावरणीय प्रभाव समेत महत्वका साथ उल्लेख गरिएको छ, बिहाइण्ड दी ब्राण्डस् नामक अभियानको वेबसाइटमा ।

यो अभियान मुख्यतया विश्वका ठूला उत्पादक कम्पनीहरुलाई कसरी वातावरणमैत्री बनाउन सकिन्छ भन्ने विषयमा केन्दि्रत रहेकेा छ ।

अक्सफामको पछिल्लो रिपोर्ट अनुसार यी १० वटा कम्पनीहरुले सन् २०१३ मा मात्रै २६ करोड ३७ लाख टन हरितगृह ग्यास उत्सर्जन गरे । यदि यी सबै कम्पनीहरुलाई एक देश मान्ने हो भने त्यो धेरै हरितगृह ग्यास उत्पादन गर्ने विश्वको २५ औँ देश हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment