Comments Add Comment

मतदानमा ओलीलाई ७ मीनेट, नेपाललाई ९ मीनेट !

UML election (17)

२७ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय नेतृत्व छनोटका लागि केपी शर्मा ओली र माधवकुमार नेपालले निकैबेर लगाएर मतदान गरेका छन् । ६ पृष्ठ लामो सूचीमा मतदान गर्न केपी ओलीलाई ७ मीनेट लागेको थियो भने माधव नेपालले ९ मीनेट लगाएका थिए ।

सामान्य प्रतिनिधिले १५ मीनेटसम्म लगाएर कछुवाको गतिमा मतदान गरिरहेकाले मतदान सकिन रातभर लाग्ने निर्वाचन आयोगका एक सदस्यले बताए । बिहान ८ बजे शुरु हुने भनिएको मतदान करीव नौ घण्टा ढीलो पौने ६ बजेतिर मात्र सुरु भएको हो ।

पदाधिकारीका लागि छुट्टै मतपत्र बनाइएको छ भने खुला र आरक्षणसहितका उम्मेदवारहरुको पाँच पन्नाको अर्को मतपत्र छ । पाँच स्थानमा मतदान केन्द्र राखिएको छ । साँझ साढे ८ बजेसम्म करिब ४ सय प्रतिनिधिले मात्रै मतदान गरेको निर्वाचन आयोगका सदस्य सानुबाबु पोखरेलले जानकारी दिए ।

UML election (15)मतपत्र छाप्न धेरै समय लागेकाले मतदान ढीलो भएको एमालेको निर्वाचन आयोगले जनाएको छ । १४ पदाधिकारी, १ सय ५८ केन्द्रीय सदस्य तथा ४२ जना आयोग सदस्यलाई मतदान गर्दा एकजना मतदातालाई धेरै बेर लाग्ने गरेकाले मतदानमा ढिलाइ भएको हो ।

कुल २ हजार १ सय ७६ प्रतिनिधिले मतदान गरिसक्दा मध्यरात हुन सक्ने बताइएको छ । उपमहासचिवका उम्मेदवार शंकर पोखरेलले रातभर मतदान जारी रहने बताए ।

मतदानमा ढिलाइ भएपछि माधव नेपाल र केपी ओली दुबै पक्षका कार्यकर्ताले शुक्रबार दिउँसो प्रदर्शनीमार्गमा नाराबाजीका साथै आ-आफ्नो पक्षमा प्रदर्शन गरेका थिए ।

पार्टीको आन्तरिक प्रतिस्पर्धा भए पनि माहौल भने दुई दलबीचको चुनावी प्रतिस्पर्धाजस्तै देखिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुबै पक्षले प्यानल नै बनाएर चुनाव लडेका छन् । मतपत्रमा पनि प्यानल छुट्याइएको छ ।

UML election (4) UML election (8) UML election (9) UML election (19) UML election (22)

 

यस्तो छ प्यानल 

Uml election final list

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment