Comments Add Comment

भुपु प्रेमीले तस्वीर पठाएपछि हनिमुनकै रातमा डिभोर्स

आफुले तामझामसँग बिहे गरेर भित्राएकी श्रीमतीमाथि कसैले दाबी प्रस्तुत गर्यो भने के होला ? अझ आफुलाई भुतपूर्व प्रेमी दाबी गर्दै कसैले निकै आत्मीय क्षणका तस्वीरहरु पठाएर नवबेहुलीको विगतको पर्दाफास गर्यो भने के गर्ने ? साँच्ची विलखबन्दमै परिन्छ होला । एक युवकले भने यस्तै काण्डमा आफ्नी नवविवाहिता श्रीमतीसँग हनिमुनकै रात डिभोर्सको प्रस्ताव राखेका छन् ।

Divorce

एक मुस्लिम धर्मगुरुशेख गाजी विन अब्दुल अजिज अल समारीले कुवेती टेलिभिजनलाई दिएको खबर अनुसार विवाह गरेको केही घण्टामै यस्तो घटना भएको थियो ।

साब्क नामक वेबसाइटका अनुसार ती बेहुलीका भुपु प्रेमीले फुलको बास्केटमा उपहार पठाउने निहुँमा एक पेनड्राइभ समेत पठाएका थिए । साथै सो पेनड्राइभका सामाग्री हेर्नुहोला भनेर समेत एउटा कागजमा लेखिएको रहेछ । त्यो पेनड्राइभमा के रहेछ भनेर कम्प्युटरमा खोलेर हेर्दा बेहुला झसँग भए । त्यहाँ र आफ्नै श्रीमतीले त्यो पेनड्राइभ पठाउने युवकसँग रोमान्स गरेका आत्मीय तस्वीरहरु पो रहेछन् ।

आफ्नी श्रीमतीको असली रुप देखेपछि बेहुला रन्थनिए । हनिमुनका लागि कोठामा छिरेका युवकले तत्कालै श्रीमतीसँग डिभोर्स मागे ।

धर्मगुरुका अनुसार ती युवक अर्को दिन मानसिक चोट लिएर उनीसँग भेट्न आएका थिए । ती बेहुलाले आफुले त्यस्ती केटीलाई अब श्रीमती नबनाउने निधोमा पुगेको कुरा धर्मगुरुलाई सुनाए ।

वास्तवमा त्यो भुपु प्रेमीले ती युवतीको बिहे हुने लगभग पक्का भैसकेपछि एकदिन उनीसँग भेटेर सँगै तस्वीर खिचाएको रहेछ । पछि उसले तिनै तस्वीरको माध्यमबाट युवतीलाई ब्लाकमेल गर्दै धम्काउने गरेको रहेछ । आफुसँग बिहे नगरेर अरु कसैसँग बिहे गरेमा फोटोहरु सार्वजनिक गरिदिने धम्की बेलाबेलामा दिने गरेको रहेछ । अन्ततः ती युवतीले अर्कै केटासँग बिहे गरेपछि त्यो युवक निम्तालुको रुपमा आएर बेहुला बेहुलीलाई फुलको बास्केट उपहार दिएजस्तो गरी त्यसमा उनै तस्वीरहरु रहेको पेनड्राइभ समेत हालेछ ।

कुवेती टेलिभिजनसँग यस्तो कुराको खुलासा गर्ने ती साउदी धर्मगुरुले कुन देशमा यस्तो घटना घटेको हो ? भन्ने कुरा भने खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment