Comments Add Comment

खेलाडी टोक्ने लुइस स्वरेज बार्सिलोना गए

Luis Suarez

२७ असार, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले स्टार स्ट्राइकर लुइज स्वरेज स्पेनिस क्लब बार्सिलोनालाई बेच्ने घोषणा गरेको छ ।

उरुग्वको २७ वर्षीय स्टार स्ट्राइकर स्वरेजको ट्रान्फरबारे बार्सिलोनासँग सम्झौता भएको लिभरपुलले जनाएको छ । अब उनले बार्सिलोनाका लागि लिओनल मेस्सी र नेयमारसँगै फवार्ड लाइन सम्होलन्छन् ।

करिव ७५ मिलियन पाउण्डमा बार्सिलोना जान लागेको स्वरेजले भनेका छन्-‘स्पेनमा खेल्नु मेरो सपना र लक्ष्य थियो, जहाँ मेरो श्रीमतीको परिवार बस्छ । मलाई विश्वास छ यो मोडीले सही दिशा लिनेछ ।’

विश्वकप फुटबलको समूह चरण खेलमा इटलीका जर्जिओ चेलिनीलाई टोकेपछि फिफाले स्वरेजलाई चार महिने प्रतिवन्ध लगाएको छ ।

युरोपियन गोल्डेन बुटका विजेता स्वरेज इंग्लिस पि्रमियर लिगको गत सिजनको सर्वाधिक ३१ गोल गर्दै पीएफए प्लेयर अफ दि इयर बनेका थिए । उनी २०११ मा २२.७ मिलियन पाउण्डमा अयाक्सबाट लिभरपुल गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment