Comments Add Comment

मेस्सी थाके, गोल गर्ने खुट्टा १०० किलो गह्रौं भो !

Messi-goal

स्टार स्ट्राइकर लिओनल मेस्सीकै प्रेरणामा विश्वकप फुटबलमा अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरेको छ । तर, बलियो टोली जर्मनीलाई हराएर उपाधि उचाल्ने हो भने मेस्सीले माराकानामा म्याच विनिङ परफरमेन्स गर्नु पर्ने फुटबल पण्डितहरु हुन्छ ।

तर, मेस्सीका बाबुले भने उनी थाकेको बताएका छन् । नेदरल्याण्डविरुद्ध मेस्सीको प्रदर्शनबारे एक ब्राजिलियन पत्रिकाको प्रश्नमा जोर्जे मेस्सीलदे भनेका छन्-‘लिओले भनेका छन् कि उनको खुट्टा १०० किलो गह्रौ जस्तै भएको छ ।’

समूह चरणका तीन बटै खेलमा गोल गरेका मेस्सीले नकआउट चरणमा भने गोल गर्न सकेको छैनन् । समूह चणमा उनले चार गोल गरेका थिए । नेदरल्याण्डविरुद्धको सेमिफाइनल भिडन्तमा त उनले १२० मिनेटसम्म डिबक्स एरियामा बल छुन पाएका थिएनन् ।

अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गर्दा मेस्सीले ५१.९ किलोमिटर कभर गरेका छन् । यो विश्वकपमा ६ खेल खेल्न अन्य खेलाडीहरु भन्दा कम हो ।

फिफाको अफिसियल प्लेयर रेटिङमा पनि अर्जेन्टिनी स्टार मेस्सी पछाडी छन् । ट्राकिङ टेक्नोजोली प्रयोग गरेर खेलाडीको पास, ट्याकल र मुभको विश्लेषण गरेर तयार पारिएको सूचीको शीर्ष स्थानमा जर्मन मिडफिल्डर टोनी क्रुज शीर्ष स्थानमा छन् । फवार्डमा फ्रान्सका करिम बेन्जिमा शीर्ष स्थानमा छन् भने मेस्सी पाँचौं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment