Comments Add Comment

एक हजार २३ अंकमा नेप्से, साढे चार अर्बको कारोबार

२८ असार काठमाडौं । यो साता नेप्से परिसूचक र कारोबार दुबैमा उच्च वृद्धि भएको छ । साताभरमा ३७.१३ प्रतिशते बढेर परिसूचक एक हजार २३ दशमलव ४७ अंकमा पुगेको छ ।

साताभरमा एक सय ७० कम्पनीका ९३ लाख ७७ हजार कित्ता सेयर ४ अर्ब ४७ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । यो गतसाताको भन्दा ३९.१३ प्रतिशतले बढी हो । गत साता १ सय ७१ कम्पनीका ८१ लाख २८ हजार कित्ता सेयर ३ अर्ब २१ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको थियो

Index of Ashad 27-1

 ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ९.१७ अंकले बढेर २१९.५३ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकमका आधारमा लिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । उसको २१ करोड ३९ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो । त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी छ । उसको ६ लाख ८२ हजार १ सय २७ कित्ता सेयर कारोबार भएको छ साताभरमा सेञ्चुरी बैंकको सेयर सबैभन्दा बढी १४ सय ९४ पटक कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment