Comments Add Comment

प्रचण्डको नेतृत्वमा ‘वैचारिक व्यवस्थापन समिति’ गठन

२७ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीले वैचारिक-राजनीतिक छलफल गर्न शीर्षनेताहरुको टोली नै बनाएको छ । टोलीको नाम ‘वैचारिक व्यवस्थापन समिति’ राखिएको छ ।

Prachandaलाजिम्पाटमा शुक्रबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, उपाध्यक्षद्धय नारायणकाजी श्रेष्ठ प्रकाश र पोष्टबहादुर बोगटीका साथै महासचिव कृष्णबहादुर महरा रहेको बैचारिक बहस व्यवस्थापन समिति बनाउने निर्णय गरेको हो । ‘यसको औपचारिक निर्णय भोलि हुनेछ’ स्थायी समिति सदस्य अग्नि सापकोटाले अनलाइनखबरसँग भने ।

पछिल्लो समय नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणमा जोड दिँदै आएका छन् । तर, संस्थापन पक्षले भने बाबुरामको विचार र मनोविज्ञानबारे समिक्षा गर्दै भट्टराई फुटउन्मुख भएको भन्दै पार्टी एकताका लागि लचिलो हुने निष्कर्ष निकालेको थियो ।

स्थायी समितिको बैठकले विभिन्न जिल्लाहरुमा देखिएको विवाद समाधानका लागि कार्यदल बनाएको सचिव वर्षमान पुनको नेतृत्वमा गठित कार्यदलमा नेताहरु देवेन्द्र पौडेल र विश्वभक्त दुलाल आहुती रहेका छन् । ‘विवाद समाधान गर्न पहल गर्ने र नमिलेका ठाउँको प्रतिवेदन पेश गर्ने कार्यदल बनाउने समझदारी भएको छ’ नेता सापकोटाले भने-‘कार्यदलले साउन मसान्तसम्मको समय दिइनेछ ।’ पछिल्लो पटक भट्टराई पक्षले सिन्धुली, मकवापुरलगायतका जिल्लामा समानान्तर समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment