Comments Add Comment

वैदेशिक रोजगारीबाट फर्केर पत्नीको हत्या

२७ असार, धरान । पत्नीको हत्या गरेको आरोपमा धरान-१७ का ३९ वर्षीय चक्रबहादुर लिम्बूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लिम्बूले घरायसी विवादका क्रममा २९ वर्षीया पत्नी विमला लिम्बूलाई काठको बटमले टाउकोमा हिर्काएर घाइते बनाएका थिए । विमलाको उपचारका क्रममा मृत्यु भएपछि घटनास्थलमा पुगेको प्रहरीले लिम्बूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

केही समयअघि मात्र विदेशबाट फर्किएका लिम्बुको पत्नीसँग बारम्बार झगडा परिरहने गरेको छिमेकीले बताएका छन् । पक्राउ परेका लिम्बूलाई कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment