Comments Add Comment

अमेरिकी विदेशमन्त्री केरी अफगानिस्तानमा

२७ असार, काबुल । अफगानिस्तानमा देखिएको राजनीतिक संकटको समाधानका लागि अमेरिकी विदेशमन्त्री जोन केरी काबुल पुगेका छन् ।

विदेशमन्त्री केरीले अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङघीय मिसनका सहयोगीसँगको भेटमा भनेका छन्- पक्का पनि अफगानिस्तानका विषयमा हामी यतिखेर निकै नै गम्भीर र सङ्कटपूर्ण अवस्थामा छौँ ।’ राजधानी काबुल पुगेका केरीले राष्ट्रपतीय निर्वाचनको विषयलाई लिएर पछिल्लो समयमा सुरु भएको विवादले देशको भविष्यमा निकै ठूलो असर पार्ने चेतावानी अफगान नेताहरुलाई दिएका छन् ।

अफगानिस्तानमा निर्वाचनसम्बन्धी विवाद सुरु भएको छ । अफगानिस्तानमा हालै सम्पन्न्ा भएको राष्ट्रपतीय निर्वाचनमा पराजित एक उम्मेदवारले सो निर्वाचन परिणाम नस्वीकार्ने जनाएपछि विवाद उत्पन्न भएको छ ।

यसै हप्ता सार्वजनिक गरिएको राष्ट्रपतीय निर्वाचनको परिणामअनुसार अर्थशास्त्री असरफ घानीले स्पष्ट बहुमत ल्याएपछि अर्का उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहले सो परिणामलाई अस्वीकार गरेका छन् । उनले निर्वाचनमा धाँधली भएको भन्दै सो निर्वाचन परिणाम नस्वीकार्ने जानकारी यसअघि नै दिइसकेका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment