Comments Add Comment

एमाले महाधिवेशन : कार्यकर्तालाई पानी पाउनसमेत मुस्किल

२८ असार, काठमाडौँ । एमालेको नवौ महाधिवेशनकै मुख्य कार्यक्रम नेतृत्व चयनका लागि मतदान घोषित समयभन्दा साढे १० घन्टा ढिलो सुरु भएपछि शुक्रवार दिनभर प्रदर्शनी मार्गको सडकमा बिताउन बाध्य भए प्रतिनिधि ।

अन्य दिन पार्टीले व्यवस्था गेअनुसार चिया, खाजा र खानादेखि स्वास्थ्य उपचारसम्म पाएका प्रतिनिधिलाई शुक्रवार चर्को घामका बेला पानीसमेत पाउन हम्मे पर्‍यो । निर्वाचन व्यवस्थाका लागि शुक्रवार विहानैदेखि स्वयंसेवक, व्यवस्थापक र निर्वाचन आयोगका सदस्य बाहेक अरुलाई भृकुटीमण्डप परिसरमै प्रवेश दिइएको थिएन । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रतिनिधिहरु ढोकाबाहिर लाम त लागे तर निर्वाचन सुरु हुने समयको अत्तोपत्तो थिएन । एकैपटक साढे चार बजे प्रतिनिधिलाई भित्र जान दिइयो । मतपत्र नआइपुगेका कारण उनीहरु घाममै उभिन बाध्य भए । चर्को घाम र पानी नपाउँदाको पीडाबाट अत्तालिएका बरिष्ठ नेता माधव नेपालका भाई सरोज उपाध्यायले युवा नेता रामनाथ ढकाल र योगेश भट्टराईसामू आग्रह गरेपछि पानीको व्यवस्था गरिएको थियो ।

यस्तै खालको पीडामा सामान्य कार्यकर्ता मात्र होइन मन्त्री समेत परे । प्रदर्शनीमागैमा कार्यकर्तासँग कुरा गरिरहेका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले भनेका थिए,’यो घाममा कति समय उभिनु पर्ने हो खै ?’

‘मतदान कहिले सुरु होला कमरेड’ ? तल्लो तहका अधिकांश कार्यकर्ताले नेताहरुलाई सोध्ने एउटै प्रश्न हुन्थ्यो । त्यसको जवाफमा मतपत्र छापिँदै गरेको , केही प्रतिशत छापिएपछि विगि्रएको, रेजा लगाउने कोठा सानो भएका कारण विवाद भएको आदी अपुष्ट जानकारी नेताहरुबाट आउँथ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment