Comments Add Comment

त्रिविका विद्यार्थीसँग भारतीय राजदूत-नेपालमा ‘र’ हाबी छैन

२८ असार, काठमाडौ । भारतीय राजदूत रञ्जित रेले नेपाल मामिलामा सञ्चालनमा भरातको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (र) हाबी नभएको दाबी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागमा शुक्रवार करिब दुई घन्टा प्रवचन दिँदै उनले नेपालमा र हाबी नभएको दावी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेका छन् ।

रेले नेपालमा सुपुर्दगी सन्धि, आपसी कानुनी सहायता सम्झौता, ऊर्जा व्यापार सम्झौता, तयार भएका सीमानक्सामा हस्ताक्षर तथा जलविद्युत परियोजना विकास भारतको तत्कालीन चासोका एजेन्डा रहेको बताए । नरेन्द्र मोदी नेतृत्वमा सरकार गठनपछि छिमेक र विशेष गरी नेपाल मिामिला राजनीतिक तहबाट सञ्चालन हुन थालेको चर्चा भइरहँदा भारतीय राजदूत रेले ‘र’ का विषयमा टिप्पणी गरेका छन् ।

‘र’ वा कुनजै एक निकायबाट भारतले नेपाल नीति सञ्चालन गरेको छैन, तर यहाँ ‘र’ शाबी भएको भन्ने भ्रम छ । यो गलत हो , भारतीय राजदूत रेले भने,’नेपालमा हाम्रो प्राथमिकता के हो भन्ने विषयमा विभिन्न सरकारी निकायमा सामूहिक छलफल प्रक्रियाबाट तय हुन्छ । ‘र’ वा विदेशी मन्त्रालय एक्लैले नीति बनाउने वा हाबी हुने भन्ने हुँदैन । भारत सरकारले तय गरेको नीति सबै निकायले कार्यान्वयन गर्ने हुन्, कसैको बेग्लै नीति हुँदैन ।’

भारतले नेपालमा सुक्ष्म व्यवस्थापन किन गरिरहेको छ भनेर विद्यार्थीले सोधेको प्रश्नमा उनले कुराकानीलाई त्यस अर्थमा बुझ्न नहुने जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment