Comments Add Comment

किन सारियो एमाले मतपेटिका रंगशालामा ?

२८ असार, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना आइतवार विहानदेखि मात्र शुरु हुने भएको छ । शनिवार अपरान्हदेखि शुरु हुन भनिएको मतगणना तीन पटक सारेपछि आइतवार विहान ८ बजेलाई तोकिएको हो ।

दशरथ रंगशालास्थित कभर्डहलमा दुवै पक्षका नेताहरुबीचको छलफलपछि मतगणना एक दिन सार्ने निर्णय भएको निवर्तमान सचिव शंकर पोखरेलले बताए । आइतवार सरकारको बजेट भाषण भए पनि मतगणनामा असर नपर्ने उनले बताए । ‘मतगणनाको आचारसंहिता बनिसकेको छ, सरासर गणना हुन्छ’ पोखरेलले भने-‘बजेटले कुनै असर गर्देन’ ।

मतगणनामा खटिने वकिलहरु सर्बोच्च बारको निर्वाचनमा रहेेको, निर्वाचन आयोगका केही कर्मचारी तालिममा गएको तथा नेता कार्यकर्ता पनि रातभरी मतदानमा लाइन लाग्दा अनिदो र थकाइमा रहेकाले मतगणना सारिएको हो । सार्नु अघि सबै नेताहरुबीच छलफल भएको थियो ।

शुक्रवार विहान ३ बजे मतदान सकिएपछि मतपेटिकाहरु भृकुटीमपण्डस्थित बन्दसत्र हलमै प्रहरीको सुरक्षामा राखिएका थिए । प्रहरीसँगै दुवै पक्षका दुई दुई जनालाई समेत मतपेटिकाको रेखदेख गर्न राखिएको स्वयंसेवक कमाण्डर रुपनारायण श्रेष्ठले बताए । भकृटुीमण्ड सँगको सम्झौता सकिएकाले मतगणना नेपाल पुलिस क्लवमा गर्ने बारे छलफल भए पनि सानो ठाउँ भएकाले रंगशाला लगिएको स्रोतले जनाएको छ ।

कुनै पक्षले गडबडी गर्न नपाओस भनेर मतपेटिकाको सुरक्षा चौबिसै घण्टा प्रहरी घेरामा दुवै पक्षका कार्यकर्ता राखेर गरिएको छ । शनिवार विहान ११ बजे मतपेटिका भृकुटी मण्डपबाट रंगशाला लैजाने बेला पनि दुवै पक्षका प्रतिनिधिहरु साथमै थिए । विशेष गरि माधव नेपालले गृहमन्त्री वामदेव गौतममाथि आशंका गरेकाले दुवै पक्षका प्रतिनिधिलाई चौबिसै घण्टा मतपेटिका सँगै राखिएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment