Comments Add Comment

प्रधानमन्त्री कोइरालाद्वारा चिकित्सकहरुसँग परामर्श

२८ असार, काठमाडौँ । स्वास्थ्योपचारका लागि अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला छातीको एक्स रे गरिएको छ ।

pm-sushil-koirala

रेडियोथेरापी सकिएसँगै शुक्रवार न्युयोर्कस्थित मेमेरियल स्लोन केटरिङ क्यान्सर अस्पताल पुगेर प्रधानमन्त्री कोइरालाले छातीको एक्सरे गराउनुका साथै आफ्नो स्वास्थ्यका बारेमा चिकित्सकहरुसँग परामर्शसँगै लिएका छन् ।

प्रधानमन्त्री कोइरालाले रेडियोथेरापीको काम सकिएसँगै उपचारमा संलग्न चिकित्कहरुसँग आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. करविरनाथ योगीले  जानकारी दिएका छन् ।

छलफलमा चिकित्सकहरुले कोइरालाको स्वास्थ्यमा सुधार आइरहेकाले एक हप्ता आराम गरेर स्वदेश र्फकन सुझाव दिएको योगीले बताए ।

 जिब्रोको क्यान्सरको उपचार गराएपछि विगत ७ वर्षदेखि सोही अस्पतालमा प्रधानमन्त्री कोइरालाले आफ्नो नियमित स्वास्थ्य चेकजाँच गराउँदै आएका छन् ।  फोक्सोमा देखिएको दांग क्यान्सर भएको पुष्टि भएपछि गत असार २ गत प्रधानमन्त्री कोइराला उपचारका लागि अमेरिकाको न्युयोर्क पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment