Comments Add Comment

प्यूठानमा एक बालिका बलात्कृत

विजयसिंह भारती

२८ असार, प्यूठान । प्यूठानमा एक बालिका बलात्कृत भएकी छन् । जंगलमा गाई चराउन गएकावेला शुक्रवार दिउँसो १३ बर्षीया बालिका बलात्कारको शिकार भएकी हुन् । घटनामा संलग्न रहेको आरोपमा प्यूठान नयाँगाँउ-४ का १९ वर्षीय माधव केसीलाई प्रहरीले पक्राउ गरेको छ । रुख चढेकी बालिकाले थुक्दा युवालाई परेपछि झगडा हुँदा घटना घटेको बालिकाकी आमाले बताइन् ।

बालिकाले घर आएर आमासँग भनेपछि माधवको घरमा गई आमा, भाउजुसँग कुरा गर्दा समेत झगडा गर्न खोजेपछि श्रीमान् र छिमेकीको सहयोगमा प्रहरीलाई खवर गरेको बालिकाकी आमाले बताइन् । बालिकाको अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।

यसअघि असार २५ गते छुट्टाछुट्टै बलात्कारको घटनामा संलग्न भएको आरोपमा प्रहरीले मर्कावाङ-१ का राजु परियार र असार १३ गते खुङ-४ का ज्ञानबहादुर भनिने हिमबहादुर सुनारलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment