Comments Add Comment

रोबर्टो कार्लोसका उत्तराधिकारी

Marcelo-1

मार्सेलो ब्राजिली टिमका भरपर्दा लेफ्ट ब्याक र लेफ्ट विङ्गर हुन् । उनको खेल्ने शैली ब्राजिलका पूर्ब लेफ्ट ब्याक रोबर्टो कार्लोससँग तुलना गरिन्छ । रोबर्टो कार्लोस आफूले पनि मार्सेलोलाई आफ्नो उत्तराधिकारी भन्छन् ।

तर, घरेलु मैदानमा भएको विश्वकपमा मार्सेलोको सुरुवात भने राम्रो रहेन । उनले उद्घाटन खेदमा क्रोएसियाविरुद्धको खेलमा विश्वकपमा पहिलो सुसाइड गोल गरेका थिए ।

सेमिफाइनलमा जर्मनीसँग व्यहोरेको ७-१ को लज्जास्पद हारको कारण पनि कमजोर डिफेन्सलाई मान्न सकिन्छ । आइतबार विहान नेदरल्याण्डविरुद्ध खेल उनलाई आफूलाई राम्रो डिफण्डरका रुपमा प्रस्तुत गर्ने मौका हुनेछ ।

सन् २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ३७ क्याप जितेका छन् र ४ गोल पनि गरेका छन् । उनी डिफेन्डर भएपनि लङ रेन्जका प्रहार, डि्रब्लिङ र टाइमिड क्रसका लागि राम्रा मानिन्छन् । जसका कारण उनलाई बिपक्षी आक्रमण रोक्न सक्ने र बिपक्षीको पोस्टमा धावा बोल्न सक्ने खेलाडिको रुपमा समेत हेरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment