Comments Add Comment

राप्रपामा संसदीय दलको नेता छान्ने गृहकार्य सुरु

२८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा सूर्यबहादुर थापालाई संसदीय दलको नेता र दीपक बोहोरालाई उपनेता बनाउने कसरत सुरु भएको छ ।
६ बुँदे सहमतिको प्रस्तावलाई असन्तुष्ट नेता लोकेन्द्रबहादुर चन्दले अस्वीकार गरेपछि संस्थापन पक्ष बहुमतका आधारमा अघि बढ्न लागेको हो ।

संस्थापन पक्षले चन्दलाई वरिष्ठ नेता र प्रकाशचन्द्र लोहनीलाई संगठन विभाग प्रमुख बनाउनेसहितको प्रस्ताव अघि सारेको थियो । तर, वरिष्ठ नेता चन्दले आफू बैधानिक अध्यक्ष भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

संसदीय दलको नेता चयनबारे छलफल गर्न राप्रपा संसदीय बोर्डको बैठक दिउँसो साढे ३ बजेपछि पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाको निवासमा बोलाइएको छ ।बैठकले पूर्वअध्यक्ष एवं संविधानसभाका जेष्ठ सदस्य थापालाई दलको नेता बनाउने सम्भावना छ । दलको नेताका अर्का दावेदर दिपक बोहोरालाई भने अब सरकारमा जाँदा मन्त्री बनाउने गरी उपनेता बन्न प्रस्ताव गरिएको छ ।

बोहोरो भने आफू चुनाव लड्न तयार रहेको भन्दै उपनेता स्वीकार गरेका छैनन् । स्रोतले भन्यो-अध्यक्षसहितका नेताहरुले सहमतिको पहल गरिरहनुभएको छ । दीपक बोहोराले सहमति जनाउनुभयो भने आजै निर्णय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment