Comments Add Comment

भारतमा बन्दैछ विश्वकै अग्लो रेलवे पुल (फोटो फिचरसहित)

भारतीय इन्जिनियरहरुले यतिबेला एक महत्वाकांक्षी परियोजना सफल पार्न पहाडहरुमा पसिना बगाइरहेका छन् । सन् २०१६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको विश्वकै सबैभन्दा अग्लो रेलवे पुल बनाउन जोडतोडका साथ काम भैरहेको छ । भारतको जम्मु कास्मिर राज्यस्थित चेनाब नदि माथि बन्न लागेको अर्धवृत्ताकार स्टिल संरचनाले मनमोहक पर्वतीय क्षेत्रलाई जोड्नेछ । यो संरचना इफेल टावर भन्दा ३५ मिटर अग्लो हुनेछ । यो पुलको उचाई ११ सय ७७ फिट अर्थात् ३५९ मिटर रहने बताइएको छ ।railway-1

विश्वको अहिलेसम्मकै अग्लो रेलवे पुल चीनको ग्विन्झाउ प्रान्तमा रहेको छ, जसको उचाई २७५ मिटर छ । भारतको यो रेलवे पुल बनेपछि यसले चिनिया पुलको किर्तिमानलाई सहजै तोड्नेछ । यो इन्जिनियरिङको चमत्कार रहेको र सन् २०१६ को डिसेम्बरसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको वरिष्ठ भारतीय रेल अधिकारीहरुलाई उधृत गर्दै एएफपीले उल्लेख गरेको छ । यो पुल भुकम्प प्रतिरोध हिुनेछ र आँधिबेहेरी समेत खप्न सक्नेछ ।raiway-2

सन् २००२ मा यो पुलको काम सुरु भएपनि सुरक्षा र सम्भाव्यता सम्बनिध चासको कारण यसको निर्माण कार्य सन् २००८ मा रोकिएको थियो । उक्त क्षेत्रमा निकै तिब्र हावा बहने कारणले पनि पुल जोखिमपूर्ण हुने भनिएको थियो । तर दुइ वर्ष अगाडिबाट फेरि पुलको निर्माण कार्य सुचारु गरिएको छ । कोन्कान रेलवे कर्पोरेसनले निर्माणको जिम्मा पाएको यो रेलवे पुलको लागत ९ करोड २० लाख अमेरिकी डलर छ । यो पुलले बारामुला र जम्मुलाई जोड्नेछ र पुल बनेपछि रेलयात्राको समय आधाले घट्नेछ ।railway-3

१३ सय १५ मिटर लामो यो रेलवे पुलमा २५ सय डल स्टिलको प्रयोग हुने बताइएको छ । भौगोलिक विकटताको कारण कतिपय सामाग्रीहरु हेलिकप्टरमै ढुवानी गर्नुपर्नेछ । नदिको धारलाई नरोकिकन पुलको निर्माण गर्नु सबैभन्दा चुनौतिको विषय बनेको छ । साथै पुल निर्माण क्षेत्रसम्म पुग्ने सडकको निर्माण समेत गरिँदैछ ।railway-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment