Comments Add Comment

मोदीलाई भिसा नदिने अमेरिकाले निम्तो पठायो

२८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । अमेरिकी विदेश उपमन्त्री विलियम्स बन्र्सले शुक्रबार प्रधानमन्त्री मोदीलाई भेटेर ओबामाको निम्तो थमाएका हुन् । यसअघि मोदीलाई अमेरिकाले भिसासमेत नदिएर अपमानित गरेको थियो ।

अन्तरराष्ट्रिय सत्तचारमाध्यमले जनाएअनुसार अमेरिकी राष्ट्रपति ओबामाले मोदीलाई पठाएको निम्तोपत्रमा एक्काइशौं शताब्दीमा अमेरिका भारतसँग मिलेर अघि बढ्न इच्छुक रहेको उल्लेख छ ।

सन् २००५ मा अमेरिकाले नरेन्द्र मोदीलाई भिसा दिन इन्कार गरेको थियो । मोदी त्यसबेला गुजरातका मुख्यमन्त्री थिए । सन् २००२ को दंगालाई आधार बनाएर अमेरिकाले मोदीलाई भिसा नदिएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले ओबामाको निम्तोलाई स्वीकार गरेका छन् । तर, उनले अमेरिका भ्रमण कहिले गर्ने भन्ने टुंगो लागेको छैन । यद्यपि संयुक्त राष्ट्रसंघको महासभा बैठकको समय पारेर आगामी सेप्टेम्बरमा उनले ह्वाइट हाऊस टेक्ने अनुमान गरिएको छ ।

भारतीय सत्तामा मोदीको आगमनले भारत र अमेरिकाको सम्बन्ध कस्तो रहला भन्ने चासो दक्षिण एशियामा बढिरहेका बेला ओबामाको निम्तोले दुईदेशको सम्बन्ध विगतको जस्तै सुमधुर रहने संकेत गरेको छ । भारतका वामपन्थी दलहरुले मोदीले अमेरिकाको पिछलग्गु नीतिलाई निरन्तरता दिने दाबीसहित उनको आलोचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment