Comments Add Comment

१२ औं आहा रारा गोल्ड कपबाट २९ लाख बचत

 २८ असार, पोखरा । मोफसलको प्रतिष्ठित बाह्रौं संस्करणको आहा रारा गोल्डकप २०७० बाट २९ लाख १ हजार ७ सय ५७ रुपैयाँ वचत भएको छ । सहारा क्लबले गत फागुन २० गते देखि चैत्र १ गतेसम्म पोखरा रंगशालामा संचालन भएको प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको छ ।

क्लबका सल्लाहकार एवं अर्थ संयोजक प्रकाश शेरचनका अनुुसार प्रतियोगिता सम्पन्न गर्न ४९ लाख ६० हजार ९ सय ५७ रुपियाँ खर्च भएको छ ।

मुख्य प्रायोजक मार्फत ९ लाख, सह प्रायोजकबाट ४ लाख, उप प्रायोजकहरुबाट १ लाख ५० हजार, पोखरा उपमहानगरपालिकाबाट १ लाख, रोयल बिग मास्टर १ लाख, राष्ट्रिय खेलकुद परिषदबाट १ लाख, पृथ्वीराजमार्ग बस संचालक समितिबाट १ लाख, नोभा शुद्व र ताजा दुध ९५ हजार, ईको पानी ७० हजार सहयोग स्वरुप प्राप्त भएको क्लबले जनाएको छ ।

प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनमा खर्च गरिनेे भएको क्लबका अध्यक्ष विरभद्र आचार्यले बताए । एघारौं संस्करणमा भने १६ लाख ५६ हजार ६ सय ६४ वचत गरेको थियो ।

एघार दिनसम्मको गेट टिकटबाट ३१ लाख ३९ हजार १ सय १७ रुपियाँ र सिजनल टिकटबाट २ लाख १६ हजार र व्यानर विज्ञापनबाट १९ लाख ३८ हजार ९ सय १० रुपैयाँ आम्दानी भएको छ ।

क्लबले प्रतियोगितामा मैदान व्यवस्थापन तर्फ ३ लाख ८० हजार ८ सय ८० रुपियाँ, खेलाडी प्रोत्शाहन खर्च ६ लाख २७ हजार रुपियाँ, खेलाडी दैनिक भम्रण भत्ता १२ लाख ६८ हजार ३ सय २० रुपियाँ खर्च, रेफ्री तर्फ २ लाख ६० हजार ५ सय ५ रुपयाँ भएको क्लबका कोषाध्यक्ष विश्वराज बरालले जानकारी दिए । बाह्रौं संस्करणको उपाधि सहारा क्लब पोखराले मनाङ मस्र्याङदी क्लबलाई पराजित गर्दै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment