Comments Add Comment

चटयाङ लागेर एकको मृत्यु

२८ असार, सर्लाही । चटयाङ लागेर सर्लाहीको हरिवनमा एक वृद्धको मृत्यु भएको छ ।हरिवन नगरपालिका-१० स्थित सागरनाथ वन विकास परियोजनाभित्र रहेको खेतमा काम गरिरहेको अवस्थामा चटयाङ लागेर स्थानीय ५५ वर्षीय अमरबहादुर गोलेको मृत्यु भएको हो ।

बिहान ८:३० बजे चटयाङ लागेर घटनास्थलमै मृत्यु भएका गोलेको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment