Comments Add Comment

एमाओवादीद्वारा जिल्ला कमिटीको विवाद मिलाउन कार्यदल गठन

२८ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीले विभिन्न जिल्लामा देखिएको विवाद समाधानका लागि कार्यदल बनाएको छ ।

स्थायी समितिको शनिबार बसेको बैठकले सचिव वर्षमान पुन अनन्तको संयोजकत्वमा देवेन्द्र पौडेल र विश्वभक्त दुलाल रहेको कार्यदल गठन गरेको हो । कार्यदलले विभिन्न जिल्लाहरुमा देखिएका संगठनात्मक समस्याबारे अध्ययन गरी समाधान गर्ने जिम्मेवारी पाएको छ ।

पछिल्लो पटक नेता डा. बाबुराम भट्टराई पक्षले मकवानपुर, सिन्धुली लगायतका जिल्लामा समानान्तर समिति बनाएको छ ।

बैठकले पार्टीभित्र भइरहेको छलफल र बहसलाई सहज बनाउन अध्यक्ष प्रचण्डको नेतृत्वमा ६ सदस्यीय ‘वैचारिक बहस व्यवस्थापन समिति’ बनाएको छ । समितिमा वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ प्रकाश, पोष्टबहादुर बोगटी, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी छन् ।

स्थायी समिति बैठकले श्रावण मसान्तसम्म पुरा गर्ने गरी जिल्ला स्तरको प्रशिक्षण कार्यक्रमहरु तय गरेको छ । कार्यक्रममा मुख्य प्रश्ािक्षकका रुपमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्यूरो सदस्यलाई तोकिएको छ । नगरपालिकाका वडाहरु र गाविसस्तरका पार्टी प्रशिक्षणहरु जान केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार सदस्यहरु र केन्द्रीय परिषद् सदस्यलाई पठाउने माओवादीले जनाएको छ ।

पार्टी विधान अनुसार संगठनात्मक कामलाई थप व्यवस्थित गर्न पार्टी नियमावली बनाउने निर्णय गर्दै उपाध्यक्ष पोष्टबहादुर बोगटीको नेतृत्वमा मस्यौदा समिति बनाउने निर्णय भएको माओवादीले जनाएको छ ।

बैठकले पार्टी सदस्यहरु दुई तहको कार्यकारी पदमा नरहने व्यवस्था कार्यविधिमा भएको भन्दैर् तहको कार्यकारी पदमा रहेकाहरुलाई कुनै एक पद श्रावण मसान्तभित्र त्याग गर्न निर्देशन दिएको छ ।

साथै सम्मेलन गर्न बाँकी जिल्लाहरुलाई यथाशीघ्र गर्न भनिएको छ भने मनोनयन गर्न र पदाधिकारी चयन गर्न बाँकी रहेका जिल्लाहरुले साउन मसान्तसम्म पुरा गरी सक्नुपर्ने माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment