Comments Add Comment

अख्तियार प्रमुख लोकमान अष्ट्रेलिया प्रस्थान

२८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की अष्ट्रेलिया भ्रमणमा गएका छन् ।

भ्रमणका क्रममा प्रमुख आयुक्त कार्कीले अष्ट्रेलियाका न्याय मन्त्रीका साथै भ्रष्टाचार नियन्त्रण सम्बद्ध निकायका अधिकारीहरूलार्इ भेट्ने कार्यक्रम छ । भेटमा भ्रष्टाचार नियन्त्रणबारे आ-आफ्नो मुलुकको अनुभव आदन-प्रदान गर्नुका साथै द्विपक्षीय सहयोगका साथै भ्रष्टाचार नियन्त्रण एवम् सुशासन प्रवर्द्धनका दिशामा देखापरेका चुनौती र सम्भावनाका वारे छलफल हुनेछ । प्रमुख आयुक्त कार्की साउन ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment