Comments Add Comment

बजेटको जानकारी गराउन राष्ट्रपति कार्यालयमा अर्थमन्त्री

२८ असार काठमाडौं । आइतबार संसदमा प्रस्तुत हुने बजेटका बारेमा राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराउन अर्थमन्त्री डा. रामशरण महत राष्ट्रपति कार्यालय पुगेका छन् ।

 अर्थमन्त्रीका एक सल्लाहकारका अनुसार भोली प्रस्तुत हुने बजेटका बारेमा अहिले अर्थमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराईरहेका छन् । संसदमा बजेट प्रस्तुत गर्नुअघि राष्ट्रपतिलाई जानकारी गराउने चलन छ ।

 अर्थमन्त्रीले आगामी आर्थिक वर्ष २०७१/०७२ को आयव्यय विवरण -बजेट) आइतबार ४ बजे संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । आगामी बजेट ६ खर्ब रुपैयाँको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment