Comments Add Comment

यस्तो छ ‘नागबेली’ को व्यापार

nagbeli-ko-darsak

नृत्य निर्देशनबाट फिल्म निर्देशनमा आएका कोरियोग्राफर गोविन्द राईद्वारा निर्देशित फिल्म ‘नागबेली’ ले शनिवार औषत व्यापार गरेको निर्माण पक्षले जनाएको छ । शुक्रबारबाट अल नेपाल रिलिज फिल्मले काठमाडौंका केही हलमा शुक्रबार भन्दा शनिवार राम्रो व्यापार गरेको उनीहरुको दाबी छ ।

निर्देशक गोविन्दका अनुसार चाबहिलस्थित गोपीकृष्णको कृष्ण हलमा दर्शक ‘हाउसफूल’ भएको छ । ‘यो हप्ता नेपाली फिल्म सोलो रिलिज भएकाले पनि हाम्रो फिल्म हेर्न दर्शक आए,’निर्देशक राईले भने,‘शुक्रबार भन्दा शनिवार दर्शकको संख्या चित्तबुझ्दो छ ।’

बेलायत निवासी रोमियन लिम्बुले निर्माण गरेको फिल्ममा दयाहाङ राई, हर्षिका श्रेष्ठ, विक्की मल्ल, एशराज, सम्भव श्रेष्ठ, निर शाहलगायतले अभिनय गरेका छन् । फिल्मका लेखक पत्रकार दीपेन्द्र लामा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment