Comments Add Comment

ट्रान्सर्फमर पड्कँदा दुईको मृत्यु, दुई गम्भीर घाइते

२८ असार, खोटाङ । विद्युत् ट्रान्सर्फमर पड्कँदा खोटाङमा दुई जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

बुइपा-१ बस्ने ४५ वर्षीया कालीमाया राई र ४९ वषर्ीया पदमसरी राईको ज्यान गएको हो भने १६ वषर्ीया निजा राई र ५० वर्षीय कृष्ण श्रेष्ठ गम्भीर घाइते भएका हुन् । ट्रान्सर्फमर पड्कनासाथ सर्ट भएको विद्युत्मा परी घाइते बनेका उनीहरुको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लाने क्रममा बाटैमा ज्यान गएको स्थानीय मीना राईले जानकारी दिए ।

उनका अनुसार उनीहरुसँगै काठमाडौँ पुर्‍याइएको गम्भीर घाइते निजाको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

अर्का घाइते कृष्णलाई जिल्ला अस्पताल ल्याइएको छ । शनिबार बिहान ९ः३० बजेतिर घर छेउमा रहेको विद्युत् ट्रान्सर्फमर पड्कदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

ट्रान्सर्फमर पड्कनासाथ घरघरमा जडान गरिएको विद्युत् लाइनमा आगो उठ्न थालेपछि राइसकुकर झिक्ने क्रममा पदमसरी घाइते भएको पारिवारिक स्रोतले जनाएको छ ।

चार्जमा रहेको मोबाइल झिक्नेक्रममा निजा र लाइट झिक्नेक्रममा कालीमाया घाइते बनेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment