Comments Add Comment

आन्दोलन गर्ने बहिगर्मित लडाकूको चेतावनी

२८ असार, काठमाडौं । एमाओवादीका नेता टोपबहादुर रायमाझीले शान्ति प्रक्रिया निष्कर्षमा पुग्नु अघि नै बर्हिगमित लडाकुको समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

राजधानीमा शानिबार आयोजित कार्यक्रममा बर्हिगमित लडाकूको समस्या समाधान गर्न ६० करोड रुपैयाँ दिने भनि राज्यसँग भएको सम्झौता कार्यान्वयनको लागि पार्टीले निर्णायक भूमिका निर्वाह गर्ने बताए । उनले आफूहरु सरकारमा रहँदा बर्हिगमित लडाकूको समस्या समाधान गर्न नसकेको स्विकार गरे ।

बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले आफूहरु ठगिदै आएको गुनासो गर्दै माग पुरा नभए आन्दोलनमा जाने चेतावनी दिए ।

अन्र्तक्रियामा राजनीतिक विष्लेसक मुमाराम खनाल, डा सुरेन्द्र केसी, बरिष्ठ पत्रकार कनकमणी दिक्षित, अधिकारकर्मीहरु सुवोधराज प्याकुरेल र केवी रोकायले नेपालको शान्ति प्रक्रिया र परिवर्तनमा बर्हिगमित लडाकूले खेलेको भूमिकाको उच्च मुल्याङकन हुनु पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment