Comments Add Comment

ब्राजिलका कप्तानले भने- जर्मनसँग जस्तो हार अब १०० वर्षमा पनि हुन्न

thiago-silva

ब्राजिलका कप्तान थिएगो सिल्भाले विश्वकपको सेमिफाइनलमा जर्मनीसँग व्यहोरेको जस्तो हार अबको १०० वर्षमा पनि नहुने बताएका छन् । ढाडको हड्डी भाँचिएका नेयमार र दोहोरो पहेँलो कार्ड पाएका सिल्भाविना मैदान उत्रिएको ब्राजिल जर्मनीसँग ७-१ ले पराजित भएको थियो ।

‘म मैदानमा थिइँन । तर, म टोलीको सदस्य हुँ । म कप्तान हुँ’ उनले भनेका छन्-‘जे भयो, त्यो यस्तो अबको १०० वर्षमा पनि हुनेछैन । त्यो छ मिनेट अन्धकारमय थियो, जसले हाम्रो दुःखद अन्त्य गर्‍यो ।’ घरेलु टोलीले २३ औं मिनेटदेखि २९ औं मिनेटमा चार गोल खाएको थियो ।

ब्राजिलले आइतबार विहान १:४५ मा तेस्रो स्थानका लागि नेदरल्याण्डसँग खेल्दैछ । उनले भनेका छन्-‘हामीले पन्ना पल्टाउनुपर्छ । हामीले नेदरल्याण्डसँग २०१० मा हार व्यहोरेका थियौं । त्यसैले हामी फेरि त्यस्तो चहँदैनौं ।’

नेदरल्याण्डलाई पराजित गर्दै तेस्रो हुन सके ब्राजिलले जर्मनसँग व्यहोरेको हारको चोटमा मलम लगाउनेछ ।

कप्तान सिल्भाले प्रशिक्षक स्कोलारीको बचाउ समेत गरे । स्कोलारीको पछाडि सिंगो टिम रहेको भन्दै उनले भनेका छन्-‘यो उनलाई गुमाउने समय होइन । हामी एकसाथ छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment