Comments Add Comment

साउदीको नेपाली दूतावास र नेपालीको दु:ख

dharam-kcधरम के.सी.

साउदी अरेबियाबाट चार महिनामा नेपाली कामदारको शव नेपाल पुग्दा खुशीले राजदूतज्यूलाई खुल्ला दिलले धन्यवाद दिएको पनि देखें । उता मृत्यु भएको एक महिना मात्र भएको छ, एकजना मित्रले शव आउन किन ढिला भयो भनी सोधिरहनुभएको छ, शायद वहाँको अपेक्षा मृत्यु भएको १−२ हप्तामै शव नेपाल पुग्नुपर्ने भन्ने थियो ।

दूतावासका नम्बरहरूमा फोन गर्दा फोन नै उठ्दैन, कम्प्युटर बोल्छ र सित्तैमा पैसा मात्रै काटिदिन्छ भन्ने गुनासा बढी (आम रूपमा) सुनिन्छन् । तर, दूतावासलेआइतबारदेखि बिहीबारसम्म मात्र काम गर्छ, दूतावास खुल्ने समय बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मात्र हो, शुक्रबार र शनिबार बन्द हुन्छ । कार्यालय समयभित्र नै आएको फोन नउठ्दा भने गुनासो विल्कुल जायज हुन्छ । बर्तमान राजदूतज्युको कार्यकालको एउटा सरहानीय कार्य के हो भने हाल दूतावासका राजदूतज्यु सहित सम्पूर्ण कर्मचारीहरूको मोबाइल नम्बरसमेत दूतावासले आफ्नो वेभसाइटमा राखिदिएको छ ।

नेपाली दूतावास कतार, युएई, कुवेत, ओमान, बहराइन कतै पनि आफ्ना कर्मचारीहरूका मोबाइल नम्बरहरू यसरी सार्बजनिक गरेको पाइँदैन । कार्यालय समयभित्र फोन नउठ्दा या साँच्चै नै जरूरी याआपदविपद पर्दा अरू बेला पनि सिधै महामहिम राजदूतज्युलाई नै जो कसैले पनि मोबाइलमा फोन गरी रिपोर्ट (उजुरीरसिकायत) या सूचना दिनसक्ने गुञ्जायस (अवसर) सबैका लागि उपलब्ध छ ।

मैले साउदी अरबमा एनआरएनए एनसिसी अध्यक्षका हैसियतमा २ वटा कार्यकालहरू ९२००९−११ र २०११−१३० पूरा गरेको छु । पहिलो कार्यकालमा राजदूत हमिद अन्सारी हुनुहुन्थ्यो भने दोस्रोमा उदयराज पाण्डेय । समग्रमा दुबैसँग मेरो सम्बन्ध राम्रो रहन सकेन, उतार चढाव भइ नै रहे । दुबैजनामा मैले पाएका समानता हुनः ९१० राजनैतिक भागवण्डामा एमालेको कोटामा साउदीमा राजदूत बन्नु र ९२० म्यानपावर ब्यवसायीहरूका प्रियपात्र ९पक्षपोषकरसहयोगी० बन्नु । ब्यवसायीहरूसँगको उहाँको त्यो निकट सम्बन्ध केले जोडेको थियो, त्यो उहाँहरूलाई नै थाहा होला, तर उहाँको कार्यकाल जसरी समाप्त भयो, त्यो कसैबाट लुक्न सकेन ।

तर, पनि उहाँको कार्यकालका यी तीन कुराहरू भने मलाई राम्रा लागेका हुन् जसको म आजीवन प्रशंसा गरिरहन चाहन्छुः ९१० राजनैतिक कोटामा आएर पनि साउदीमा राजनीति नगर्नु, ९२० पीडित महिला कामदारहरूको उघर हुँदा प्रेस विज्ञप्ति नै निकालेर पारदर्शिता र सचेतना जगाउनु र ९३० युनिटी लाइफलाई साउदीमा कार्बाही गर्नु ।

बर्तमान राजदूतज्यूसँग मेरो दिल खोलेर सम्वाद भयो । मैले सोधें−’के तपाईलाई पीडित नेपाली श्रमिकहरूको आवाज उठाएको मन पर्दैन रु किन त्यस्तो आवाज उठाउनेलाईआँखाको कसिंगर ठान्नुहुन्छ रु अनि पीडक ब्यवसायीहरूलाई संरक्षण दिइरहनुहुन्छ ? जबाफमा उहाँले भन्नुभयो −’मैले मेरो कार्यकालमा पीडित श्रमिकहरूका कति समस्याहरू मिलाएँ, कति समस्याहरू समाधान गरें, कति महिलाहरूलाई उद्दार गरें, सबै वेभसाइटमै छन्, हेर्नुस, मैले अहिलेसम्म ९ जना म्यानपावर ब्यवसायीहरूलाई कार्बाही गरिसकेको छु । कमल खरेल तिनै कार्बाहीमा पर्ने मध्येका एक हुन् । उनलाई २२ लाख खर्च गराएर पीडितहरूलाई स्वदेश फर्काउन लगाएको छु, रियादको बाथामा अनियमित काम गर्ने ५ जनालाई डिपोट गरेको छु, गल्ती गरेको प्रमाणित भए तपाईलाई पनि छोड्दैन, पीडितको आवाज उठाउनुपर्छ, उठाउँदै जानुस्, तर पूर्वाग्रही बनेर मेरो र दूतावासका विरूद्ध नलेख्नुस् ।’

त्यसो त एनआरएनए साउदीले दूतावासमा पुर्याएका सबै केशहरूलाई दूतावासले नहेरेको होइन, एनआरएनएकै अनुरोधमा दूतावासले जिजानबाट पीडित गंगा बराल र जेद्धाबाट पुष्पा तुलाचनलाई दूतावासकै गाडीमा रियाद ल्याएर सकुसल स्वदेश फर्काएको हो, दूतावास पुगेका पुरूष कामदारहरूका केशहरू पनि सबै नै ढिलो चाँडो समाधान भएकै छन् ।

बर्तमान राजदूत नेपाली राजनीतिका माहिर खेलाडी हुनुभएकाले देखिने, सुनिने र अनुभूति हुनेगरी राजनीति पनि गरिदिनुहुन्छ । उहाँकै कार्यकालमा साउदी अरबको नेपाली समाजमा तिब्र राजनीतीकरण भएको छ ।

राजधानी रियाद अहिले नेपाली कांग्रेस र एमालेका भातृ संगठनहरूको पनि हेडक्वार्टर बनेको छ । माओवादीको भातृ संस्था त पहिलादेखि नै थियो । यसको प्रत्यक्ष असर एनआरएनए जस्तो गैरराजनैतिक संस्थामा परेको छ । हिजो यहाँको समाजमा गैरराजनैतिक साझा ब्यक्तित्व मानिने कति अगुवाहरू अहिले राजनैतिक कित्ता कित्तामा विभक्त (विभाजित) छन् । यी सबैका उत्प्रेरक राजदूत स्वयम मानिनुहुन्छ ।

गतः जुन ६ मा दूतावासमैआयोजित पासपोर्ट सहजिकरणको एक बिशेष अन्तरकृयामा यसको पटाक्षेप यसरी भयो कि एनआरएनएले रियादबाट आफ्नो कुनै प्रतिनिधि नै पाएन १एनआरएनएका रियादस्थित बर्तमान पदाधिकारीहरू नै घोषितर अघोषित रूपमा कोही माओवादी, कोही कांग्रेस, कोही एमाले, कोही सृजना सांस्कृतिक समुहको प्रतिनिधि बनेको देखियो, जसबाट पासपोर्टको या त निशुल्क या १० रियालभन्दा बढी सेवा शुल्क कसैले पनि लिएमा कारवाही हुनेछ भनी राजदूतज्युले नै कुनै दिन भन्नुभएको साउदीको दमाम क्षेत्रका लागि समेत स्थानीय ब्यापारीहरूको पक्षपोषण हुने गरी सेवा शुल्क ३० रियाल कायम गर्ने समझदारी बन्यो ।

राजनीति साँचो अर्थमा यदि जन कल्याणका लागि हुन्छ र नेपाली नेपालीवीच एकता, सौहार्दता र समझदारी निर्माण गर्छ भने सबैले त्यसको स्वागत, सम्मान र सराहना गर्नुपर्छ । तर, मुठ्ठीभर ब्यवसायी वर्गको हित र आम जन साधारण श्रमिक बर्गको अहित गर्दै नेपाली समाजमा फुट र वैमनश्यता पैदा हुनजान्छ भने त्यसमा विचार विश्लेषण गर्नैपर्छ ।

दूतावासबारे यहाँका कतिपय श्रमिकहरूका गुनासाहरू एनआरएनएमा पोखिन आउँछन् । जबकि एनआरएनए दूतावासभन्दा ठूलो या समानान्तर संस्था हुँदै होइन । स्वदेशमा र विदेशमा पनि नेपाल सरकार र यसका विभिन्न निकायहरूसँग सहकार्य (हातेमालो) गर्ने यसको घोषित कार्यनीति नै छ । एनआरएनएमाआउने प्रायः सबै केशहरू आखिर दूतावासमै जान्छन्, त्यहाँ नगई (नपुगी) प्रवासमा कुनै पनि समस्याको समाधान पाउन पनि सकिन्न । बरू ‘जहाँ नपुगे रवि, त्यहाँ पुगे कवि’ भनेझैं दूतावासको प्रत्यक्ष उपस्थिति र पहुँच नपुगेका कतिपय ठाउँमा (जस्तो कि हाल साउदीको अल कासिममा) एनआरएनए पुगेको छ । साउदी बाहिर, जस्तो कि अफ्रिका महादेशमा हेर्दा पनि इजिप्टलाई अरब मुलुक (मध्यपूर्व) मान्दा केवल दक्षिण अफ्रिकामा नेपाली दूतावास छ, तर अफ्रिकाका अरू धेरै मुलुकहरूमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद स्थापित भईकृयाशील छन् ।

साउदी अरबमा बस्तुतः श्रमिक समस्या समाधानमा दूतावासलाईसघाउन एनआरएनए एनसीसी साउदीले लेबर टास्क फोर्स कमिटी (संयन्त्र) नै बनाएर कृयाशील रहेको छ । यो संयन्त्रले पनि पीडित कामदारहरू र दूतावासवीच पुल (माध्यम) कै रूपमा काम गर्ने हो । अतः दूतावासमा प्रत्यक्ष पहुँच या सुनुवाइ हुन नसक्दा ठगी, अन्याय, शोषण या बिचल्लीमा परेका या अन्य श्रम समस्याहरू यो संयन्त्रमा ल्याउन सक्नुहुने छ ।

दृष्टिकोण, अपेक्षा र विश्लेषण सबैका आ-आफ्नै हुन्छन । तर, सबैमा पहिला प्रकृयागत जानकारी सही र यथेष्टरूपमा हुनु आवश्यक छ, अनि साउदी अरबको भू-राजनैतिक धरातलीय परिवेशमा नेपाली दूतावासको जनशक्ति, कार्य क्षमता, साधन स्रोत र पहुंचलाई हेर्दै, बुझ्दै यथार्थपरक र ब्यवहारिक सोंच, समझदारी र विश्लेषण राख्नुपर्छ ।

मृत्यु यस्तो केश हो, जसमा मृतकका नातेदार, रोजगारदाता कम्पनी र नेपाली दूतावासबाहेक अरू कसैले पनि कुनै सोधपुछ नै गर्न मिल्दैन, मृतकका नातेदार या साथीभाइले नबुझेका प्रकृयागत कुरा जानेकाले बुझाइदिने कुरा चैं अलग्गै भयो ।

नेपाली दूतावासले नै आफ्नो वेभ साइटमा जनसरोकारका धेरै जानकारीहरू राखिदिएको छ । मृतकका केशहरूमा चाहिने कागजात तथा अपाउनुपर्ने प्रकृया, मृत्यु भएकाहरूको रेकर्ड, शव नेपाल पठाउन जारी गरिएको अनुमति, मृतकका आफन्तले पाउने क्षतिपूर्ति रकम सबै दूतावासको वेभसाइटमै हेर्न सकिन्छ । दूतावासको यो वेभसाइटमा उपलब्ध अन्य जानकारीहरूमा हाल सर्बाधिक चासोको विषय पासपोर्ट प्राप्त भएको जानकारी (मासिक रूपमा सूची प्रकाशन) वेभसाइट खोल्नेवित्तिकै देखिने गरी सबैभन्दा माथि राखिएको छ ।

त्यसैगरी दूतावासको मासिक प्रतिवेदनमा कतिवटा श्रमिक समस्याहरू हेरियो, कति जना घरेलु महिला कामदारलाई स्वदेश फिर्ता पठाइयो, कतिको डिमाण्ड (म्यानपावरको मागपत्र) स्वीकृत गरियो, कतिका पासपोर्ट बनाउनआवेदन नेपाल पठाइयो भन्ने डाटाहरू पनि राखिएको छ ।

जनउत्तरदायित्व निर्वाह गर्न, जनचासो र सरोकारलाई सम्बोधन गर्न नेपाल सरकारको प्रवास (साउदी अरब) मा रहेको एकमात्र जिम्मेवार यो कुटनैतिक निकायबाट यतिको पारदर्शिता जनअपेक्षित पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment