Comments Add Comment

के तपार्इलार्इ बिर्सने रोग लागेको छ ?

Krishna-&-Taraकृष्णपाठक कृष्ण पाठक (पीएचडी), तारा गैरे (नर्सिङ इन्चार्ज) ग्रिस

देमेन्सिआ भन्ने शब्द ल्याटिन भाषाबाट आएको हो । ल्याटिन भाषामा यसलाई डे मिन्टस भनिन्छ । डेको अर्थ अलग र मिन्टसको अर्थ मनको रुपमा बुझिन्छ । यसलाई बिर्सने रोगले पनि चिनिन्छ । देमेन्सिआ रोग खास गरी बुढेसकालमा लाग्ने रोग हो । तैपनि यो रोग कुनै पनि उमेरमा देखा पर्न सक्छ। यसले कुनै पेसा, लिङ्ग तथा उमेर भन्दैन । जो सुकैलाई पनि हुन सक्छ।

यो रोगले अलि बढी दिमागलाई असर पुग्ने काम गर्छ । जस्तो कि फुटबल खेलाडीहरु, मुक्केबाज, जोखिमपूर्ण खेल रेस्लिङ गर्नेहरुमा पनि यो देखा पर्न सक्छ। यो रोगको अहिलेसम्म निदान हुन सकेको छैन । नयाँ रिपोर्टअनुसार अल्जाइमर्सको वैश्विक लागत ६ सय अर्बभन्दा बढी पर्न आउँछ। विरामीहरुको हेरविचारको लागत सामाजिक र स्वास्थ्य सेवा प्रणाली मा एक विशाल आर्थिक बोझ लिएर आउँछ। त्यसैले यस रोगलाई महंगो रोग मानिन्छ र सामाजिक समस्याका रुपमा हेरिन्छ।

देमेन्सिआ शब्द मान्छेको मनसिक प्रभाब हो । यसको सम्बन्ध मुटु, फोक्सो र त्यससँग आउने सम्स्याहरु हुन भन्ने कुरालाई मानेका थिए । त्यस्तै ग्रीक हिप्पोक्रेट्सले आफ्नो किताब मा देमेन्सिआ शब्दको प्रयोग गरेका थिए। पछिल्लो समयमा आएर प्रसिद्द नोवेल गिलभर ट्राभलमा पनि उसको जीवन यात्रामा जीवनको अन्तिम समयमा आएर उसको स्मरण गर्ने क्षमता नै गुमेको, उसले जीवनको अन्तिम समयतिर आएर अफुलाई नै बिर्सने कुराहरु पनि प्रयोग गरेको भेटिन्छ। जर्मन चिकित्सक एलोसिस अल्जाइमरले १९०७ मा आफ्नो बिरामीको पोष्टमार्टम गरेपछि अल्जाइमरको अनुसन्धान निकै द्रुतगतिको दिशा लिएको छ। यसले एक सताब्दीको समय पार गरे पनि बिगत ३० बर्षबाट बल्ल यसबारे ब्यापक अध्ययन अनुसन्धान हुन थालेको छ।

बिकाससोन्मुख देशहरुमा यसबारे राम्रो अनुसन्धान हुन सकेको छैन । अनुसन्धान भएका यूरोपियन र अमेरिकन मुलुकहरुमा निकै नै समस्याग्रस्त रोगको रुपमा यसलार्इ लिइन्छ। अहिलेको अनुमान अनुसार विश्वमा २ करोड ४३ लाख मानिसहरु देमेन्सिआ बाट प्रभाबित छन् ।यो समस्या विकासोन्मुख देशहरुमा ६० प्रतिशत रहेको बताइन्छ ।

यो एउटा कुनै प्रमुख करणले हुन्छ भनेर भन्न सकिँदैन। नेपालमा न त कुनै हस्पिटलमा यसको निदान गर्ने भनेर बिशेष बिभाग नै गठन गरिएको छ, न त बजारमा यसको कुनै औषधि नै पाउने सुनिस्चितता छ । देमेन्सिआ रोग एउटा माहमारी रोगको रुपमा संसारका सबै मुलुकमा फैलिएको छ। नेपालमा यसको कुनै पनि अनुसन्धान भएको छैन। हालसम्म सरकारी तबरबाट यसका लागि कुनै पहल नै हुन सकेको छैन । सरकारले यसमा कुनै बिशेष ध्यान दिन सकेको छैन।

देमेन्सिआका कारणहरू

देमेन्सिआ हुनुमा एउटै त्यस्तो कारण भन्न सकिँदैन । तर, उमेर, चिन्ता, जीवन शैली, धेरै तनाबमा रह्ने, अल्कोहल बढी पिउने, औषधिको प्रभाव, हाइपर टेन्सन, कोलस्टोरको मात्रा बढी हुनु, ब्रेन ट्युमर, मधुमेह, विभिन्न रोग र संक्रमण, स्ट्रोक, टाउकोमा चोट, पोषणको कमी, दुर्घटना एवं उच्च रक्तचाप जस्ता कारणहरुले देमेन्सिआ हुन सक्छ । पछिल्लोपल्ट आएको अध्ययनमा फिनल्याण्डका वैज्ञानिकहरु भन्छन्, अरुलाई तीब्र अविश्वास शंका गर्ने र अरुको उद्देश्य सधैं स्वार्थी नै हुन्छ भनेर सोच्नेहरूलाई बिर्सने रोग दिमेन्सिया हुने खतरा बढी हुन्छ।

के हुन् यसका लक्षण ?

कति लक्षणहरु त यसका अरु रोगसँग मिल्ने हुन्छन् । तेसैले पनि यो रोग्लाई सजिलै र छोटो समयमा निदान गर्न सकिँदैन। हालसम्म नेपालमा यसको बैज्ञानिक अनुसन्धानले यति नै भनेर तथ्य आउन सकेको छैन तर पनि करीब १५ हजार मान्छेहरु यो रोगबाट पीडित भएको अनुमान गरिन्छ। देमेन्सिआलाई चिन्ह सकिने केही खास लक्षणहरु यसप्रकार छन्-

मन या व्यवहारमा परिवर्तन, व्यक्तित्वमा परिवर्तन हुने, परिचित कार्यहरूमा कठिनाइ, समय र ठाउँमा गलत परामर्श, स्मरण गर्नुपर्ने कुराहरू गुम्ने, सोचाइमा समस्या हुने, भाषाको समस्या, बिरामीले सामन्ने कुराहरु पनि बिर्सदै जान्छस जस्तो कि ट्वाइलेट, घरको चाबी, फोन नम्बर, आफ्नो नाम, दिन र रात पहिचान गर्न नसक्ने, आफ्नो घरको ठेगाना बिर्सने, खाना खाएको, नखाएको बिर्सने, कहिले काहीँ बढी खुशी हुने, कहिलेकाहीँ बढी चिन्तित हुने, बिनासुर यताउता घुमी हिँड्ने जस्तो लक्षण देखिन्छ।

यस्तो रोग लागेको मान्छेले नजिकको मान्छेलाई पनि चिन्न सक्दैन । दैनिक गर्ने कामलाई व्यवस्थित बनाउन सक्दैन । कुनै कुरामा केन्द्रित भएर लाग्न सक्दैन । राम्रोसँग बोलीलाई मिलाएर बोल्न सक्दैन, साना-साना कुराहरु पनि पटक पटक सोधिरहन्छ ।

यो रोग लाग्दा दिमाग कस्तो देखिन्छ ?

देमेन्सिआ रोग लाग्दा दिमागमा आउने केही परिवर्तन हरुलाई तलको तस्बिरमा देखाइएको छ। जब दिमागलाई देमेन्सिआले आक्रमण गर्छ, त्यतिबेला त्यो दिमागमा परालको गुजुल्टोजस्तो देखिन्छ । त्यस्ता गुजुल्टाहरु सबै मष्तिष्कमा देखिन्छ र बिस्तारै त्यसले सबै दिमागलाई नाश गर्दै जान्छ । तलको चित्रमा देखिए जस्तो स्थितिमा दिमागमा रहेका हरेक सेलहरु बिस्तारै मर्दै जान्छन र अन्तमा दिमागको सबै भाग टुक्रिन्छ र दिमागले कुनै पनि काम गर्न सक्दैन र बिरामीको मृत्‍यु हुन जान्छ। यो चित्रमा देमेन्सिआ लागेको र नलागेको मस्तिस्कको भाग देखाइएको छ।

Brain

यसको हालसम्म निदानको कुनै एउटै तरिका छैन। नत कुनै पूर्ण औषधि नै छ । यसका लागि पहिले जनचेतनामार्फत दिमागलाई बिग्रनबाट मात्रै जोगाउन सकियो भने पनि यस्तो भयावह रोगबाट केही हदसम्म भए पनि जोगिन सकिन्छ। यसका लागि दैनिक जीवनलाई अलस सहज बनाउने, तनावबाट मुक्त हुने उपायहरु अपनाउने, नियमित मानसिक जाँच गरी राख्ने, सन्तुलित खानाको लागि सचेत बन्ने, मोटोपनलाई बढी हुन नदिने, नियमित शारीरिक व्यायाम गरी राख्ने, स्ट्रोक र हृदयघात रोग, रोकथाम, धेरै रक्सी नपिउने गरेमा उक्त समस्याबाट जोगिन सकिन्छ । नेपालमा तत्कालमा नै यसलाई राष्ट्रिय समस्याको पहिचान गरी देमेन्सिआ राष्ट्रिय योजनाको नीति बनाएर यसमा अध्ययन अनुसन्धानको ढोका खोली हाल्न जरुरी छ।

यसका लेखक पनि यसै रोगसँग ग्रीक देमेन्सिआ संघसँग अनुसन्धानमा लगिपरेको अवस्था छ । दिमेन्सिया रोग बुझ्न मद्दत गर्ने यस्ता अध्ययनहरु अझ वृहत अध्ययन हुन बाँकी छ। तर, यो रोग केबल फिजियो डाक्टरले मात्रै निदान गर्न सक्दैन । यो रोगलाई न्युरोलोजिस्ट, जेरियाट्रिक फिजिसियनको साझा समुहले हेर्नुपर्छ । वर्तमान समयमा यसलाई कुनै बिशेष रोग नमाने पनि यो रोग राष्ट्रियरुपमा फैलिइसकेको छ, जुन महँगो र निकै परिवारको लागि झन्झट साबित हुन थालेको छ । किनभने यसको निदानका लागि नै ५ वर्षसम्म लाग्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment