Comments Add Comment

डेभिड बेकहृयाम भन्छन्- विश्वकपको उपाधि अर्जेन्टिनाले जित्छ

David-Beckham-with-messi

पूर्वस्टार फुटबलर डेभिड बेकहृयाम विश्वकप फुटबलको फाइलन भिडन्तमा अर्जेन्टिनी स्टार लिओनल मेस्सीलाई हेर्न आतुर छन् ।

इङल्याण्डका पूर्व कप्तान बेकह्याम अर्जेन्टिना र जर्मनीबीचको खेल हेर्न परिवारका साथमा माराकामा रंगशाला पुग्दैछन् र उनको पूर्वानुमान छ कि मेस्सीको टिम अर्जेन्टिनाले जर्मनीलाई ३-१ गोल अन्तरले पराजित गर्दै विश्वकपको ट्रफी उचाल्नेछ ।

एडिडास फुटबल यूट्यूब च्यानललाई दिएको अन्तरवार्तामा मेस्सीको खुलेर प्रशंसा गर्दै बेकहृयामले भनेका छन्-‘उनले मानिसहरुलाई धेरै आनन्द दिएका छन्, जुन स्टाइलले उनी फुटबल खेल्छन् । टिममेटका रुपमा पनि उनी राम्रो टिम प्लेयर हुन्, जसले उनलाई स्पेसल बनाएको छ ।’ मेस्सीको व्यक्तिगत क्षमता उत्कृष्ट भएको तर, टिमको जितमा रमाउने गरेको बताए । उनले भने-‘यदि टिमका अन्य सदस्यले गोल गरे भने मुखी मनाउन उनी नै पहिला पुग्छन्, मलाई लाग्छ यसले नै उनका बारेमा धेरै भन्छ ।’

उनले अर्जेन्टिनाका लागि खेल्नु केही दबाव भएपनि विश्वकपमा उसको फाइनलसम्मको यात्रा अविश्वसनीय भएको बताए । अर्को फाइनलिस्ट  जर्मनीको सामूहिक खेलबाट अघि बढेको र उसका कुनै एक खेलाडी व्यक्तिगत स्टार नभएको उनले बताए ।

लामो अनुभवसहितको जर्मनीको फाइनल यात्राले मानिसहरुलाई आश्चर्यमा नपारेको भन्दै बेकहृयामले भनेका छन् -अर्जेन्टिना ट्यालेन्ट प्लेयरहरुको टिम हो । तर, म मेस्सीको खेल हेर्न उत्साहित छु ।’ उनले विश्वकपको गोल्डेन बल समेत अर्जेन्टिनाका मेस्सीले नै जित्ने दावी गरे ।

विश्वकपबाट कोलम्बियाका जेम्स रोड्रिग्वेज उदाएको उनले बताए ।  जेम्सले गरेको गोल प्रतियोगिताको उत्कृष्ट मध्येको एक भएको उनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment