Comments Add Comment

लिओनल मेस्सी

Lionel-Messi

विश्वकप फुटबलको फाइनल भिडन्तका लागि मैदान उत्रिँदा धेरैको नजर स्टार स्ट्राइकर लिओनल मेस्सीमाथि हुनेछ । उत्कृष्ट फुटबलर मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले उपाधि भिडन्तमा थोमस मुलरसहितको जर्मनीको सामना गर्नेछ ।

तर, दर्शकसँगै जर्मन खेलाडीहरुको निगरानी पनि मेस्सीमाथि नै हुनेछ । विश्व च्याम्पियन बन्ने हो भने उनीहरुले कुनै हालतमा मेस्सीलाई रोक्नुपर्नेहुन्छ ।

उत्कृष्ट लयमा रहेको मेस्सीकै प्रेरणामा अर्जेन्टिनाले २४ वर्षपछि फाइलनसम्मको यात्रा तय गरेको छ । समूह चरणमा चार गोल गरेका उनको प्रदर्शन नकआउट चरणमा पनि उस्तैछ । यद्यपि गोल भने गर्न सकेका छैनन् ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन सके मेस्सीले अर्जेज्टिना महान फुटबलर म्याराडोनोको स्थान लिनेछन् । म्याराडोनाले १९८६ मा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका थिए । यद्यपि आफूलाई उत्कृष्ट फुटबलरका रुपमा स्तापित गर्न मेस्सीले विश्वकपको उपाधि जित्नु नपर्ने मत राख्नेहरु पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment