Comments Add Comment

नेकपा-माओवादीको बिस्तारित बैठक आज पनि

२९ असार, काठमाडौ । नेकपा-माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ । पार्टी कार्याय बुद्धनगरमा विहान ११ बजेपछि सुरु हुने विस्तारित केन्द्रीय समितिको वैठकमा आइतवार पनि अध्यक्ष मोहन बैद्य किरण र सचिव नेत्रविक्रम चन्द विप्लवका राजनीतिक प्रस्तावमाथि सदस्यहरुले आआफ्नो धारणा राख्नेछन् ।

माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्द विप्लवले फरक प्रस्ताव पेस गरेपछि थप छलफलका लागि विस्तारित शनिवारबाट सुरु भएको हो । केन्द्रीय समितिको विस्तारित बैठकमा पूर्ण केन्द्रीय सदस्यसँगै केन्द्रीय सल्ल्ााहकार र वैकल्पिक केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् ।

गत असार १८ देखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गर्नुभएकामा त्यसमा असहमति जनाउँदै सचिव चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’को कार्यदिशाको प्रस्ताव पेस गरेका छन् ।

तर अध्यक्ष वैद्यको प्रस्तावमा असहमति जनाउँदै सचिव चन्दले अब विद्रोहको सम्भावना न्युन हुँदै गएकाले पार्टीले जनसरकार, जनअदालत गठन गर्दै जनयुद्वको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment