Comments Add Comment

नर्तकीसँगको सम्भोगले अरबपतिको ढाड सडि्कएपछि….

Anastasia-Volochkov

विश्वका चर्चित सुन्दरी, मोडेल, अभिनेत्री तथा नर्तकीहरुसँग सम्भोगको सपना कुन युवकको नहोला ? तर यस्तो सपना सायदै पूरा हुन्छ । एक रुसी अर्बपतीले यस्तो सपना त पूरा गरे तर उनका लागि त्यो सपना निकै घाँडो सावित भयो ।

रुसको चर्चित थिएटर बोल्स्होइकी पूर्व नर्तकी एनास्टासिया भोलोच्कोभा सँगको सम्भोगका कारण रुसी अर्बपति बख्तियार सालिमोभ थला परे । रुसी पत्रिका लाइफ न्यूजका अनुसार नर्तकी सँगको सम्भोगपछि ४५ वर्षका सालिमोभको ढाड सडि्कयो, उनी ओछ्यानबाटै उठ्न नसक्ने भए । उनको उपचारका लागि एम्बुलेन्स र डाक्टरलाई बोलाइयो, डाक्टरले औषधि पनि दिए ।

तर एक पटकको औषधिले काम नगरेपछि फेरि डाक्टर बोलाएर औषधि गराउनु पर्यो । अरबपतिलाई थला पार्ने ३८ वर्षीया नर्तकीले आफुहरु पुनर्मिलनको अवसरमा डिनर गरेर दुइ पटक सोफामा सम्भोग गरेको खुलासा गर्दै सेक्स बाहेक अरु व्यायामको अभावका कारण सालिमोभको ढाडमा असर परेको बताइन् ।

स्मरण रहोस् भोलोच्कोभा बारम्बार विवादमा आइरहने चर्चित तथा हाइ प्रोफाइल रुसी सेलिब्रेटी हुन् । रुसको चर्चित ब्लोस्होइ थिएटरले उनी बढि मोटी तथा अग्ली भएको र पुरुष पार्टनरले रुची नदेखाएको भन्दै उनलाई सन् २००३ मा बर्खास्त गरेको थियो । आफुलाई बर्खास्त गर्ने कम्पनी विरुद्ध उनले अदालतमा मुद्दा हालेर क्षतिपूर्ति बापत ३ हजार ७ सय पाउण्ड प्राप्त गरेकी थिइन् ।

गएको वर्ष उनले उक्त रंगमञ्चका नर्तकीहरुलाई धनाढ्यसँग सेक्स गर्न बाध्य पारिने गरिएको र थिएटर वेश्यालय जस्तै रहेको आरोप लगाएकी थिइन् ।
मस्कोमा रहेको यो नाचघर २ सय ३६ वर्ष पुरानो नाचघर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment