Comments Add Comment

होलीमा सुदर्शन र पुजाको प्रेम

sudarsana-and-puja

चलचित्र ‘अझै पनि’को छायांकन सकिएको केही समयपछि नै प्रदर्शन मिति पनि तय गरिएको छ । फाल्गुन १५ गतेबाट यो सिनेमा देशभरका हलमा प्रदर्शनमा आउने बताइएको छ । चलचित्रको वितरक कम्पनी एफडीले होली लक्षित गर्दै फाल्गुन १५ लाई मिति तय गरेको हो ।

आलोक नेम्वाङको निर्देशनमा बनेको सिनेमालाई सुदर्शन थापा र पूनम गौतमले मिलेर बनाएका हुन् । चलचित्रमा सुदर्शनका साथमा पुजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, पुष्प खड्का, विशाल ढुंगाना, विपना धिमाल, बिजय लामा, मिथिला शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रले प्रेमको कथा बोल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment