Comments Add Comment

खरिदारको तलब २० हजार, अधिकृतको २८ हजार पुग्ने

२९ असार काठमाडौं । साउन एक गतेदेखि खरिदारको तलब २० हजार र शाखा अधिकृतको तलव २८ हजार रुपैयाँ पुग्ने भएको छ । यसअघि खरिदारको १७ हजार र शाखा अधिकृतको २४ हजार रुपैयाँ मासिक तलव थियो ।

सरकारले यो वर्ष पनि सरकारी कर्मचारीको तलब १४ प्रतिशतले बढाउने भएको छ । सरकारले आफ्ना कर्मचारीलाई दिँदै आएको मासिक एक हजार रुपैयाँ महंगी भत्तालाई पनि तलवमा समावेस गरेको हो ।

कर्मचारी संगठनहरुले २० प्रतिशत तलव बढाउन अर्थमन्त्रीलाई दवाव दिँदै आएका थिए ।

सरकारी कर्मचारीको तलव प्रत्येव वर्ष मुल्यवृद्धिभन्दा निकै उच्च अंकले बढ्न थालेपनि सरकारी सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment