Comments Add Comment

प्रेम गर्ने समय छैन ईन्दिरासँग, भन्छिन्-‘ म सम्पूर्ण प्याकेज’

indira-joshi

गायिका ईन्दिरा जोशी जब स्टेजमा पुग्छिन्, उनी गीतसँगै आफ्नो जवानी पनि खुबै देखाउँछिन् । कम्मर हल्लाउने देखि सेक्सी पहिरन लगाउने ईन्दिरा स्टेजका लागि रोजाइकी गायिका हुन् ।

उनले आफू मिहिनेती कलाकार भएको बताइन् । ‘म भाग्यमानी कलाकार होइन मिहिनेती हँु’, स्वदेश तथा विदेशमा सर्वाधिक व्यस्त हुनुको कारण खुलाउँदै उनले भनिन् । दाँइजोको बिषयमा एउटा गीत बजारमा ल्याउन लागेकी ईन्दिराले आफू स्टेजमा पुगेपछि सम्पूर्ण प्याकेज बन्न चाहने बताइन् । तपाई स्टेजमा कलासँगै जवानी पनि देखाउनुहुन्छ नि भन्ने प्रश्नमा उनले भनिन्-‘ यो समयको माग हो । अहिले गीत मात्र गाउँछु भनेर हुँदैन ।’

ईन्दिराले विदेशमा कार्यक्रम गरेर राम्रो आम्दानी भैरहेको खुलाइन् । आफ्नै कमाइले गाडी समेत किनेकी ईन्दिराले प्रेम गर्ने समय नपाएको बताइन् । प्रस्ताव खुबै आएपनि आफूले प्रेम गर्ने समय नपाएको उनको तर्क छ । ईन्दिराले आफूलाई विदेशी प्रोजेक्टबाट पनि खुबै अफर आइरहेको जनाइन् । तर समय धेरै दिनुपर्ने हुँदा काम गर्न नसकेको उनको भनाई छ ।

गायिका ईन्दिरा जोशीको भिडियो कुराकानी यहाँ क्लिक गरेर हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment