Comments Add Comment

एमाले मतगणनास्थलमा कसिकसाउ

२९ असार, काठमाडौं । एमाले नेतृत्व निर्वाचनको मतगणना चलिरहेको बेला मत परिणामको गलत अफबाह फैलिएपछि एमालेको निर्वाचन आयोगले कडाइ गरेको छ । मतगणनास्थलमा रहेका प्रतिनिधिहरुलाई मोबाइल फोन स्वीच अफ गर्न लगाइएको छ ।

एउटा बुथको मतगणना सकिएपछि पत्रकारहरुलाई औपचारिक जानकारी गराइने निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी अधिकारीले जानकारी दिए । उनले रातभरी मतगणना गरिने बताए । दुवै समूहका १२/१२ प्रतिनिधिलाई आठ घण्टासम्म भित्र राखिने र आठ घण्टापछि अरु त्यहि संख्याका प्रतिनिधिले उनीहरुलाई बिस्थापित गर्ने बिधी बनाइएको छ ।

मतगणनास्थल दशरथ रंगशालाको कभर्डहल बाहिर एमालेका सयौं कार्यकर्ताहरु परिणाम सुन्न व्यग्रतापूर्वक बसेका छन् । माधव नेपाल र केपी ओली समूहका कार्यकर्ता अलग अलग ठाउमा बसेका छन् ।

मतगणनास्थलको सुरक्षाका लागि चार सय ५० सुरक्षाकर्मी परिचालित भएका छन् । मतगणनास्थलमा पत्रकारलाई बस्ने र समाचार संकलन तथा सम्प्रेषण गर्ने स्थान छुट्याइएको छैन । मतगणनाका कारण प्रहरीले बाटो बन्द गराएपछि त्यस क्षेत्रमा घर हुने स्थानीयले समेत सास्ती भोगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment