Comments Add Comment

गरिमालाई थपिएको चुनौती, फिल्म चल्ने कि नायिका ?

garima-panta

सफलताले मानिसलाई चुनौती थपिदिन्छ । नायिका गरिमा पन्त अहिले यस्तै शिखरमा छिन् । ‘सार्क फिल्म फेस्टिभल’मा उत्कृष्ट नायिकाको अवार्ड जितेपछि हराएकी गरिमा एकाएक जुरमुराइन् । गरिमा जुरमुराउँदै गर्दा कतिपय चल्तीका नायिकालाई थ्रेट पनि बनिरहेको छ ।

तर नायिका गरिमा पन्तलाई उनको यो सफलता चुनौती बनेर अगाडि आएको देखिन्छ । गरिमाले ‘झोला’ सिनेमाबाट ‘सार्क फिल्म अवार्ड’ जितिन्, ‘राष्ट्रिय पुरस्कार’ पनि पाइन् । राष्ट्रपति डाक्टर रामवरण यादवले उनलाई भेटेर बधाई पनि दिए ।

आखिर ‘झोला’ गरिमाका कारण चल्यो या कथाका कारण, तर्क आ-आफ्नै हुनसक्छ । तर सिनेमा चलेपछि स्वभाविक रुपमा कलाकार पनि चल्छ, गरिमा यही सफलतामा रमाइरहेकी छिन् ।

गरिमाको अब चलचित्र ‘ठूली’ प्रदर्शनमा आउँदैछ । ‘ठूली’को निर्माणपक्ष गरिमाको चर्चाका कारण सिनेमा चल्नेमा ढुक्क छ । केही समयअघि नायक राजेश हमाललाई शिर्ष भूमिकामा राख्दै ‘ठूले’ बनाइएको थियो । अहिले गरिमा ‘ठूली’को शिर्ष पात्र हुन् ।

अब ‘ठूली’ गरिमाका लागि नै चल्नुपर्नेछ । किनकी, ‘ठूली’ नचले गरिमाको जसरी अहिले चर्चा भैरहेको छ, त्यो एकाएक आलोचनामा बदलिनेछ । आखिर गरिमा चलिन् या फिल्म, प्रतिफल चाडै नै देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment